काठमाडौँ । बागलुङ, नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन उपत्यकामा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ। विशेषगरी पर्यटकहरू घोडा चढेर प्राकृतिक सौन्दर्य अवलोकन गर्न रुचाउने गरेका छन्।
ढोरपाटनको विकट भूगोल र मनोरम दृश्यावलोकनका लागि घोडा यात्रा सुविधाजनक र रोमाञ्चक अनुभव बन्न पुगेको छ। स्थानीय व्यवसायीहरूले पर्यटकहरूलाई लक्षित गर्दै घोडा भाडामा दिने सेवा सुरु गरेका छन्, जसले स्थानीय रोजगारी र आयआर्जनमा पनि टेवा पुगेको छ।
सहरको कोलाहलबाट टाढा रहेर प्रकृति सँग नजिक हुने चाहना राख्ने पर्यटकहरूका लागि ढोरपाटन अहिले लोकप्रिय गन्तव्य बन्न थालेको छ।




.gif)





