बजारमा सुकेको प्याजको भाउ घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।बिहीबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य ३९ देखि ४१ रूपैयाँमा कारोबार भइरहेको छ।
एक साता अघिको तुलनामा यो प्रतिकिलो तीन रूपैयाँ सस्तो हो। गत बिहीबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य ४२ देखि ४४ रूपैयाँमा कारोबार भएको थियो। आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ। अहिले बजारमा स्वदेशी प्याज नगन्य मात्रामा छ। भारतीय प्याजले माग धानेको छ।
भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा यहाँ पनि मूल्य घटबढ हुने व्यवसायीहरूको भनाइ छ।व्यवसायीहरूका अनुसार प्याजको भाउमा अन्य तरकारीको जस्तो धेरै अन्तरको घटबढ हुँदैन।




.gif)





