images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • गुणस्तरहीन वस्तु बेचेको अभियोगमा ४३ जना...

गुणस्तरहीन वस्तु बेचेको अभियोगमा ४३ जना विरुद्ध मुद्दा दायर

गुणस्तरहीन वस्तु बेचेको अभियोगमा ४३ जना विरुद्ध मुद्दा दायर

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौँ । गुणस्तरहीन खाद्यन्न उत्पादन एवं बिक्री गरेको अभियोगमा बारा र पर्साका ४३ उद्योगविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा बारा र पर्साका ४३ जना व्यवसायीविरुद्ध जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा दायर गरेको हो । कार्यालय प्रमुख सुरेशकुमार सिंहका अनुसार पाँच जना व्यवसायीविरुद्ध जिल्ला अदालत बारा र एक जना व्यवसायीविरुद्ध जिल्ला अदालत पर्सामा खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरिएको छ ।

    images
    images

    उक्त कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा बाराका २६ जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा र पर्साका दुई जना व्यापारीविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा मुद्दा दायर  गरेको थियो । तेल तथा घ्यूजन्य पदार्थ उत्पादन गर्ने २४, खाद्यन्न, दलहन तथा सोबाट बनेको पदार्थका पाँच, फलफूल तथा सागपात तर्फका दुई, ‘कन्फेक्सनरी’ एक, गुलियो पदार्थका पाँच, दूध र दूधजन्य पदार्थका चार जना र दाना पदार्थका दुई उद्योगविरुद्ध मुद्दा दायर गरिएको हो ।खाद्य स्वच्छताका लागि आव २०८१÷८२ मा ५६ वटा होटल तथा रेष्टुरेन्ट तथा आठवटा हाटबजार मेला महोत्सवमा अनुगमन गरिएको उक्त कार्यालयले जनाएको छ । अनुगमनका क्रममा म्याद समाप्त भएका, लेबल विवरण नभएका, सडेगलेका तथा अखाद्य वस्तु जफत गरिएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend