images

२०८३ आश्विन १९ गते

images
images
images
  • अर्थतन्त्र
  • पहिलो महिनामा नेपालगन्ज भन्सारद्वारा लक्ष्यको ७४...

पहिलो महिनामा नेपालगन्ज भन्सारद्वारा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन

पहिलो महिनामा नेपालगन्ज भन्सारद्वारा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन

images
images
बुधवार, भाद्र ११ २०८२
बुधवार, भाद्र ११ २०८२
  • नेपालगन्ज । पश्चिम नेपालकै ठुलो नाका मध्येको एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन भएको छ ।गत वर्षभन्दा चालु आवका लागि तीन अर्ब राजश्व लक्ष्य घटाएर सोही अनुसार मासिक लक्ष्य निर्धारण गरिएपनि सो लक्ष्य समेत प्राप्त हुन नसकेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

    images
    images

    भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउन महिनाका लागि एक अर्ब ८६ करोड ६५ लाख ४६ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार रुपियाँ अर्थात ७४.१४ प्रतिशत मात्रै राजस्व असुली भएको हो ।चालु आ.व. २०८२/०८३ का लागि २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रूपिया बार्षिक भन्सार असुली लक्ष्य निर्धारण गरिएको छ ।

    यसअघि आर्थिक वर्ष २०८१/८२ मा नेपालगन्ज भन्सारले २० अर्बभन्दा बढी राजस्व सङ्कलन गरेपनि लक्ष्य हासिल गर्न सकेको थिएन । भन्सारको तथ्याङ्क अनुसार, आव २०८०/८१ मा १८ अर्ब १५ करोड ७२ लाख ३३ हजार रुपियाँ मात्रै राजस्व सङ्कलन भएकोमा आ.व. २०८१/८२ मा त्यसभन्दा दुई अर्ब १२ करोड रुपियाँ बढी अर्थात् २० अर्ब २८ करोड ७२ लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो । आ.व. २०८१/८२ मा २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार रूपियाँ राजस्व सङ्कलनको लक्ष्य निर्धारण भएको थियो ।नेपालगन्जमा एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात निर्यात वृद्धि हुने र राजस्व संकलन बढ्ने आशा गरिएपनि लागत बढेको भन्दै केही मालबाहक ट्रक लगायतका सवारी साधनहरूले नाका परिवर्तन गरेपछि राजस्व सङ्कलन लक्ष्य अनुसार हुन नसकेको भन्सार कार्यालयले जनाएको छ ।

    images
    images

    नेपालगन्ज भन्सार कार्यालयमा सङ्कलन हुने राजस्वको करिब ५० प्रतिशत रकम पेट्रोलियम पदार्थको आयातबाट मात्रै हुने गरेको छ । इन्धन, चामल, खाद्यान्न, फलाम लगायतका वस्तुको आयातबाट पनि बढी राजस्व सङ्कलन हुने गरेको भन्सार कार्यालयको तथ्याङ्क रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend