काठमाडौँ । भदौ ११, श्रीनगर एग्रोटेक इण्डष्ट्रिज लिमिटेडले आजदेखि (भदौ ११ गते) आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन(IPO)अन्तर्गत पहिलो चरणमा सेयर निष्कासन तथा आवेदन प्रक्रिया सुरु गरेको छ।
कम्पनीले कुल ४ लाख ७३ हजार ६३ कित्ता आईपीओ सेयर जारी गरेको छ, जसमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक लक्षित छन्।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई साउन १३ गते रु ३२ करोड ६२ लाख ५० हजार बराबरको ३२ लाख ६२ हजार ५ सय कित्ता साधारण सेयर निष्कासनको अनुमति दिएको थियो।
यस अन्तर्गत, उद्योग प्रभावित क्षेत्र (रुपन्देही र पाल्पा) का स्थानीय बासिन्दाका लागि कुल १ लाख ६३ हजार १२५ कित्ता सेयर छुट्याइएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ९ हजार ९३८ कित्ता सेयर निष्कासन गरिएको छ।न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन छिटोमा भदौ २५ र ढिलोमा असोज ९ गतेसम्म खुला रहनेछ।वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन छिटोमा भदौ १५ र ढिलोमा भदौ २५ गते बैंकिङ समयसम्म खुला रहनेछ।
स्थानीय बासिन्दाले नबिल बैंक, एनएमबी बैंक र ग्लोबल आइएमई बैंकको पाल्पा र फरसाटिकर शाखाहरूबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण ASBA सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइन प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड,पहिलो चरणको सेयर निष्कासन पछि, कम्पनीले दोस्रो चरणमा ३० लाख ९९ हजार ३७५ कित्ता सेयर आम सर्वसाधारणका लागि निष्कासन गर्ने जानकारी दिएको छ।




.gif)





