images

२०८३ आश्विन १९ गते

images
images
images

सरकारद्वारा १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने तयारी

सरकारद्वारा १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने तयारी

images
images
मंगलवार, भाद्र १० २०८२
मंगलवार, भाद्र १० २०८२
  • काठमाडौँ । भदौ १०, सरकारले आन्तरिक ऋण व्यवस्थापनका लागि १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र (Development Bond) जारी गर्ने तयारी गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, यो ऋणपत्र ३ वर्ष अवधिको हुनेछ, जसको निष्कासन बोलकबोल (Auction) प्रक्रिया मार्फत भदौ ११ गते गरिनेछ।

    images
    images

    ऋणपत्रको नाम विकास ऋणपत्र –२०८५ ‘ढ’ दिइएको छ, जसमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था, फर्म, र नेपाली नागरिकहरू सहभागी हुन पाउनेछन्। बोलकबोल बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म खुला रहनेछ।

    मुख्य शर्त तथा प्रावधानहरूः

    images
    images

    भुक्तानी र ब्याजः ऋणपत्रको सावाँ २०८५ भदौ १२ गते भुक्तानी हुनेछ। ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ र त्यसमा आयकर लागु हुनेछ।

    ब्याजदर निर्धारणः बोलवालाहरूले कबोल गरेको ब्याजदरलाई सानो देखि ठूलो क्रममा मिलाएर ‘कट अफ’ ब्याजदर तय गरिनेछ, जसका आधारमा एकल ब्याजदर निर्धारण हुनेछ।

    लगानी सीमाः लगानीकर्ताले कम्तीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्कासन रकमको सीमाभित्र ५० हजारले भाग जाने रकम सम्मको बोलकबोल पेश गर्नुपर्नेछ।

    बाँडफाँट व्यवस्थाः कुल १० अर्ब रुपैयाँ मध्ये ८५ प्रतिशत (८ अर्ब ५० करोड) प्रतिस्पर्धी बोलवालाहरूका लागि छुट्याइएको छ। बाँकी १५ प्रतिशत (१ अर्ब ५० करोड रुपैयाँ) अप्रतिस्पर्धी बोलवालाहरूका लागि हो। यदि अप्रतिस्पर्धी समूहतर्फबाट पूरा बोल प्राप्त नभएमा बाँकी रकम प्रतिस्पर्धी समूहलाई बिक्री गरिनेछ।

    यस ऋणपत्रलाई धितोमा राखी कर्जा लिन वा दिन सकिने व्यवस्था पनि गरिएको छ, जसले वित्तीय संस्थाहरू तथा लगानीकर्ताहरूलाई थप सुविधा दिने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend