काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (मंगलबार) छापावाल सुन तोलाको १५ सयले बढेर तोलाको एक लाख ९८ हजार ७ सयमा कारोबार भइरहेको छ ।
यस अघि सोमबार सुन तोलाको एक लाख ९७ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तैगरि, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३६० मा कारोबार भइरहेको छ ।
यस अघि सोमबार चाँदी तोलाको २३५५ मा कारोबार भएको थियो ।




.gif)





