images

२०८३ आश्विन १६ गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images
images
मंगलवार, भाद्र १० २०८२
मंगलवार, भाद्र १० २०८२
  •  

    images
    images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

    आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। तर, युरो, पाउन्डसहित कतिपय मुद्राको मूल्य भने घटेको छ। 

    images
    images

    आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४० रुपैयाँ ४४ पैसा छ। दुई दिनसम्म  स्थिर रहेको अमेरिकी डलरको विनिमयदर आज बढेको हो। 

    हिजो र अस्ती अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा थियो।

    यही साउन २१ गते अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै उच्च हो।

    त्यसैगरि आज युरो एकको खरिददर १६३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६४ रुपैयाँ २४ पैसा छ। हिजो युरो एकको खरिददर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४५ पैसा थियो। 

    त्यस्तै आज पाउन्ड एकको खरिददर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७१ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८९रुपैयाँ ८६ पैसा थियो। 

    त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २२ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ ०९ पैसा थियो। 

    त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ८६ र बिक्रीदर ४५९ रुपैयाँ ८३ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ६६ र बिक्रीदर ४५९ रुपैयाँ ६२ पैसा थियो। 

    आज बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ४९ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७० पैसा र बिक्रीदर ३७२ रुपैयाँ २९ पैसा थियो।

    यो विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

    वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत राष्ट्र बैंकले जनाएको छ।

    राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend