images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • नाडा अटो शो– २०२५ सम्पन्न, उत्कृष्ट...

नाडा अटो शो– २०२५ सम्पन्न, उत्कृष्ट कम्पनीहरूलाई सम्मान

नाडा अटो शो– २०२५ सम्पन्न, उत्कृष्ट कम्पनीहरूलाई सम्मान

images
images
सोमवार, भाद्र ९ २०८२
सोमवार, भाद्र ९ २०८२
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा आइतबार नाडा अटो शो- २०२५ को समापन कार्यक्रम भृकुटीमण्डप परिसरमा सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट शुभारम्भ भएकोे यस १७ औं संस्करणको नाडा अटो शो २०२५ मा १ लाख ७६ हजार ७८९ दर्शकहरुले अवलोकन गरेका छन् ।

    images
    images

    यस प्रदर्शनीमा उत्कृष्ट रुपमा श्रृंगारिएका स्टल र अन्तर्राष्ट्रिय रुपमा नाम चलेका लेटेष्ट मोडेलका सवारी साधनहरुका कारण प्रदर्शनी गत वर्षहरुमा भन्दा निकै भव्य रुपमा सम्पन्न मात्र भएको छैन दर्शकहरुको उपस्थितिको हिसाबले प्रदर्शनी ऐतिहासिक बन्न पुगेको छ । उड्ने सवारी साधन, रोवोटिक म्यान र डगका कारणले मात्र होइन थुप्रै नयाँ ब्रान्डका विद्युतिय सवारी साधनहरुको कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको थियो । अटो शो विगतको भन्दा निकै भव्य र वृहत भएको अवलोकनकर्ताहरुले समेत टिप्पणी गरेका छन् ।शोको अवसरमा नाडाले हरेक दिन विभिन्न विषयहरुमा अन्तरक्रिया कार्यक्रमहरु समेत सम्पन्न गरेको थियो । शोको पहिलो दिन अटोमोटिभ कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशनका कार्य समिति सदस्य रितुञ्च गुप्ता, सोसाइटी अफ इण्डीयन अटोमोवाइल मेनुफेक्चर्स (सियाम) का उपकार्यकारी निर्देशक अटानु गाँगुलीको प्रमुख आतिथ्यतामा इण्टरनेशनल अटो ट्रेड डायलग विषयमा भएको थियो ।

    दोश्रो दिन इमानसंगको सहकार्यमा उद्योग वाणिज्य मन्त्रालयका सचिव कृष्णवहादुर रावतको प्रमुख आतिथ्यतामा ड्राइभिङ्ग द फ्युचर, इभि एडप्सन इन नेपाल विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।तेश्रो दिन नेपाल आर्थिक पत्रकार संघसंगको सहकार्यमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्र्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा कर्जा नीतिमा स्थिरता, अटोमोवाइल बजारको दिर्घकालिन निकासको आधार भन्ने विषयमा अन्तरक्रिया सम्पन्न भएको थियो ।चौथौं दिन ड्रोन हव नेपालका फाउण्डर प्रविन भट्टराईकोे प्र्र्र्रमुख आतिथ्यतामा फलाइङ्ग कार टेक्नोलोजी विषयमा र सोही दिन नेपाल राष्ट्र बैकका पूर्व गर्भनर दिपेन्द्र क्षेत्रीको प्र्र्रमुख आतिथ्यमा र नेपाल अटो पत्रकार संघको सहकार्यमा युथ मोविलिटी एण्ड नेशनल ड्रिम भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images

    पाँचौ दिनमा पनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यतामा सडक र यातायात विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । त्यसैगरी आइतबार नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीको प्रमुख आतिथ्यतामा मेड इन नेपाल विषयमा पनि एउटा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।समापनकै दिन बसेको नाडा केन्द्रीय कार्य समितिको २१ औं बैठकले नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाललाई नाडा अटोमोवाइल्स महासंघ नेपालमा रूपान्तरण गर्ने प्रस्तावसहित विशेष साधारण सभा भाद्र २४ गते आह्वान गर्ने घोषणा गरेको छ । यो कदम नाडाको स्वर्ण जयन्ती वर्षतर्फको ऐतिहासिक तयारीका रूपमा लिइएको छ ।

    उत्कृष्ट स्टलहरुको छनौट

    यस पटकको अटो शोमा स्टल निर्माणमा सबै कम्पनीले निकै मेहनत गरेको देखिन्छ र त्यसैगरी यो प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल दिपाल, एमएडब्लु अटो कर्प प्रालिले जितेको छ र उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल रोयल इनफिल्ड अल्फा अटोमोटिभ प्रालिले जितेको छ । त्यसैगरी लाइट कमर्सियल भेहिकलको बेष्ट स्टल अवार्ड डीएपी अद्धेत ईभी प्रालिले जितेको छ भने बेष्ट सर्पोटिङ्ग स्टलको बेष्ट एवार्ड हिट्को प्रालिले जितेको छ । त्यसैगरी बैंक तथा इन्स्योरेन्सहरुतर्फको अवार्ड ग्लोवल आईएमई बैंक लिमिटेडले जितेको छ ।

    नाडाले उत्कृष्ट स्टलहरुको छनोट गर्न नाडाका सहकोषाध्यक्ष पंकज अग्रवाल र नविन पारख, नेपाल अटो पत्रकार संघका अध्यक्ष सागर गजुरेल, इमानका तर्फबाट अध्यक्ष रोयल आचार्य तथा नाडा अटो शो को सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको ग्लोवल एक्सपोजिशन एण्ड मेनेजमेण्ट सर्विसेज् प्रा.लि.कातर्फबाट प्रवन्ध निर्देशक सन्तोष क्षेत्री समेत सदस्य रहनेगरी पाँच सदस्यिय बेष्ट स्टल छनोट समिति समेत गठन गरेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend