images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • ल्याण्डमार्क होटल एण्ड रिसोर्टमा एनआईसी एशिया...

ल्याण्डमार्क होटल एण्ड रिसोर्टमा एनआईसी एशिया बैंकका ग्राहकलाई१५ प्रतिशत छुट

ल्याण्डमार्क होटल एण्ड रिसोर्टमा एनआईसी एशिया बैंकका ग्राहकलाई१५ प्रतिशत छुट

images
images
आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ २०८२
  • काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटल एण्ड रिसोर्टमा विशेष छुट पाउने भएका छन्। छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको छ। यस समझदारीसँगै बैंकका ग्राहकहरुले देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेको यस रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

    images
    images

    यस बैंकका ग्राहकहरुले खाना तथा पेय पदार्थमा १० प्रतिशत र आवास सेवा लिँदा १५ प्रतिशतको विशेष छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकहरुले पोखरा, तनहुँ, काठमाडौं, भैरहवा, भरतपुर र चितवनमा सञ्चालनमा रहेको उक्त रिसोर्टस्बाट उक्त छुटहरु प्राप्त गर्न सक्नेछन्।

    यस सुविधाको उपभोग गर्न बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend