काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा विप्रेषण (रेमिट्यान्स) आप्रवाह १९.२ प्रतिशत वृद्धि भएको छ । गत असारसम्म १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशत वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशत बढेको थियो ।
गत वर्ष वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या पाँच लाख पाँच हजार ९५७ र पुनः श्रम स्वीकृति लिनेको संख्या तीन लाख ३३ हजार ३०९ रहेको छ ।अघिल्लो वर्ष यस्तो संख्या क्रमशः चार लाख ६० हजार १०२ र दुई लाख ८१ हजार १९५ रहेको थियो ।




.gif)





