images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • साउनमा रोजगारीका लागि बाहिरिए ६८ हजार...

साउनमा रोजगारीका लागि बाहिरिए ६८ हजार युवा

साउनमा रोजगारीका लागि बाहिरिए ६८ हजार युवा

images
images
आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ २०८२
  • चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन)मा ६८ हजारभन्दा धेरै युवा रोजगारीको सिलसिलामा बाहिरिएका छन्।वैदेशिक रोजगार विभागका अनुसार ६८ हजार ११० जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेमा पुरुष ५८ हजार ९४८ जना छन्। त्यस्तै ९ हजार १६२ जना महिलाले श्रम स्वीकृति लिएका छन्।
     
    युवाहरूले मलेसिया, खाडीका साथै विश्वका विभिन्न १०५ मुलुकका लागि श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ। संयुक्त अरब इमिरेट्स (युएई) का लागि सबैभन्दा धेरै २३ हजार जनाले श्रम स्वीकृति लिएका छन्। त्यसपछि कतार, साउदीलगायत मुलुकका लागि पनि ठूलो संख्यामा युवाहरूले श्रम स्वीकृति लिएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend