आज देशभर सामान्यतया बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी तराई क्षेत्रका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।
आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ। मधेश, कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
सावधानी अपनाउन सुझाव, वर्षा र हावाहुरीका सम्भावित घटनालाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।




.gif)





