काठमाडौँ । गैंडाकोट, नवलपरासी इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालयको आयोजनामा गैंडाकोटस्थित होटल रिभर क्राउनमा एकदिने सेवा प्रवेश अभिमुखिकरण तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
हालै संस्थामा नियुक्त भएका कर्मचारीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त तालिमले संस्थाको उद्देश्य, नीति, कार्यशैली तथा ग्राहक सेवा सम्बन्धी महत्वपूर्ण विषयहरूमा विस्तृत जानकारी प्रदान गरेको थियो। सहभागी कर्मचारीहरूले समूह तालिममार्फत बचत, कर्जा, कर्जा असुली, सम्पत्ती सुद्धिकरण, लेखा व्यवस्थापन, डिजिटल बैंकिङ तथा सूचना प्रविधि सम्बन्धी विभिन्न विषयमा व्यावसायिक प्रशिक्षण प्राप्त गरेका थिए।
तालिम कार्यक्रमको उद्घाटन तथा अध्यक्षता संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानीश्वर पन्तले गर्नुभएको थियो। उहाँले नयाँ कर्मचारीहरूलाई संस्थाका मूल्य, मान्यता र दीर्घकालीन दृष्टिकोणसँग परिचित गराउँदै समर्पित सेवा र समृद्ध भविष्य निर्माणतर्फ प्रेरित गर्नुभएको थियो।
तालिममा कर्जा विभाग प्रमुख श्री प्रेम बहादुर थापा, आन्तरिक विभाग प्रमुख श्री कृष्ण प्रसाद खनाल, अनुगमन तथा असुली विभाग प्रमुख श्री कुशल खनाल, लेखा तथा कार्य सञ्चालन विभाग प्रमुख रितु बानियाँ, तथा सूचना तथा प्रविधि विभागका कर्मचारी श्री प्रविन पुडासैनीले आ–आफ्नो क्षेत्रगत विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो।
संस्थाले यस्ता तालिमहरूलाई कर्मचारी विकास तथा गुणस्तरीय सेवा प्रवाहको आधार मान्दै नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।




.gif)





