images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • सगरमाथाबाट नेपाल लाइफद्वारा राउन्ड टेबलसँगको सहकार्यमा...

सगरमाथाबाट नेपाल लाइफद्वारा राउन्ड टेबलसँगको सहकार्यमा ५ हजार किलो फोहोर संकलन

सगरमाथाबाट नेपाल लाइफद्वारा राउन्ड टेबलसँगको सहकार्यमा ५ हजार किलो फोहोर संकलन

images
images
शुक्रवार, भाद्र ६ २०८२
शुक्रवार, भाद्र ६ २०८२
  • काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले राउन्ड टेबल नेपालसँगको सहकार्यमा प्रोजेक्ट केयर अभियान अन्तर्गत सगरमाथामा थुप्रिएका ५,००० किलोग्राम फोहोर संकलन गरेको छ ।नेपाल लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले फोहोर सङ्कलन सम्बन्धि प्रतिवेदन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीलाई हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, राउन्ड टेबल नेपालका निवर्तमान अध्यक्ष नितेश कुमार अग्रवाल, राउन्ड टेबल नेपालका पदाधिकारीहरु, प्रोजेक्ट केयरको प्राविधिक साझेदारको रुपमा रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधिहरु, फोहोर व्यवस्थापन, रिसाइकलिङ, र वातावरणीय संरक्षणमा योगदान पु¥याउँदै आएको संस्था खालिसीसीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    images
    images

    नेपाल लाइफले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सगरमाथा सफाइ अभियान सञ्चालन गर्न राउण्ड टेबल नेपाल तथा प्राविधिक पार्टनर सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) सँग सहकार्य गरेको कुरा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए । पहिलो चरणमा ५,००० किलोग्राम फोहर सङ्कलन गर्न सफल भएकोमा यससँग आबद्ध सबै सरोकारवालाहरुलाई अन्तहृदयदेखि धन्यवाद ज्ञापन गरे र आगामी दिनमा पनि वातावरणको रक्षाका निम्ति र नेपालको धरोहर र पहिचानको रूपमा स्थापित सगरमाथाको सौन्दर्यतालाई कायम राख्न नेपाल लाइफ सदैव तयार रहेको प्रतिबद्धता जाहेर गरे ।

    राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले सगरमाथा क्षेत्रमा यसपटक ५ हजार किलो फोहोर संकलन गरिएको र आगामी दिनमा २५ हजार किलो फोहोर व्यवस्थापन गर्ने योजना बनाइएको बताए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend