सुलीकोट । करदाता सेवा कार्यालय गोरखाले आर्थिक वर्ष २०८१/०८२ मा राजस्वमा वृद्धि गरेको छ । जिल्लामा भएका सरकारी कार्यालय विभिन्न पेशा र व्यवसाय गर्न खोलिएका कम्पनीहरु तथा संघ सस्थाहरुबाट आयकर, मूल्य अभिवृद्धिकर, अन्तशुल्क कर र अन्य सेवा बापत विगतका वर्षहरुमा भन्दा दुई करोड २९ लाख राजस्व वृद्धि गरेको हो ।२०७७ सालबाट गोरखा जिल्लामा करदाता सेवा कार्यालय स्थापना भएसँगै गोरखाका सेवाग्राहीलाई गोरखाबाट सेवा प्रदान गरिएको प्रमुख राजेन्द्र कोइरालाले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा ४५ करोड ७१ लाख १४ हजार मात्र राजस्व सङ्कलन भएकोमा यो आर्थिक वर्ष २०८१/०८२ मा दुई करोड २९ लाख बढेर ४८ करोड पुगेर ७९ प्रतिशत लक्ष्य पूरा गरेको हो गत आर्थिक वर्ष २०८०/०८१ मा जम्मा ७१ प्रतिशत मात्र लक्ष्य पूरा गरेको हो ।गोरखामा कर दाता सेवा कार्यालय सञ्चालनमाम आएपछि घरेलु तथा स्थानीय दर्ता भएका तर करमा दर्ता नभएका संघसस्था, व्यापार व्यवसाय लगायत विवरण सङ्कलन गरेर करको दायरमा ल्याइएको प्रमुख कोइरालाको भनाइ छ ।
करदाता सेवा कार्यालय गोरखाले विभिन्न पसलहरुमा अनुगमन गर्नुका साथै विना दर्ता सञ्चालनमा भएका व्यापारी, संघसस्थाहरुलाई सचेतना गरी करको दायरामा ल्याउन सफल भएको जनाएको छ ।करदाता सेवा कार्यालयसँग आबद्ध भएका लगभग ३५ प्रतिशत सेवाग्राहीहरु करदाता सेवा कार्यालय गोरखामा सम्पर्कमा नआएकाले मूल्य अभिवृद्धिकरमा दर्ता भएका करिब ३५ प्रतिशत करदाताहरुलाई चैत मसान्तसम्मको कर बक्यौताअन्तर्गत जरिवन तर्फ सतप्रतिशत ब्याजमा ७५ प्रतिशत छुट दिइएकाले आगामी पुस मसान्तसम्म समयमै सम्पर्कमा आउन कार्यालले आग्रह समेत गरेको छ ।




.gif)





