images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • अटोमोबाइल क्षेत्रको विकासका लागि स्थिर कर्जा...

अटोमोबाइल क्षेत्रको विकासका लागि स्थिर कर्जा नीति आवश्यक

अटोमोबाइल क्षेत्रको विकासका लागि स्थिर कर्जा नीति आवश्यक

images
images
शुक्रवार, भाद्र ६ २०८२
शुक्रवार, भाद्र ६ २०८२
  • सरोकारवालाहरूले अटोमोवाइल क्षेत्रका लागि स्थिर कर्जा नीति आवश्यक रहेको बताएका छन्।बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको संयुक्त रुपमा आयोजना गरिएको ‘कर्जा नीतिमा स्थिरताः अटोमोबाइल बजारको दीर्घकालीन विकासको आधार’ विषयक अन्तरक्रियामा सरोकारवालहरूले कर्जा प्रवाह गर्न सबैभन्दा सुरक्षित क्षेत्र अटोमोबाइल क्षेत्र रहेको बताए।साथै, यस क्षेत्रको थप विकासका लागि स्थिर कर्जा नीति आवश्यक रहेको उनीहरूको भनाइ छ। नेपाल उद्योग वाणिज्य महासंघ कर तथा राजस्व समितिका उपसंयोजक तथा नाडा पूर्व अध्यक्ष कृष्ण दुलालले स्थिर कर्जा नीति आवश्यक रहेको बताए।

    images
    images

    नाफिजकी अध्यक्ष मेनुका कार्कीले यो छलफलले नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा  रहेको बताइन्।नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अटो मोबाइल क्षेत्रमा दुई खर्ब रूपैयाँभन्दा कर्जा प्रवाह भएको बताए। बैंक तथा वित्तिय संस्थाले मात्रै नभई हायर पर्चेज कम्पनीहरूले पनि यस क्षेत्रमा लगानी गर्ने गरेको उनको भनाइ छ।‘हामीले यो क्षेत्रलाई अनुत्पादक भनेका छैनौं। हायर पर्चेज कम्पनीलाई लाइसेन्स दिनुले पनि एटोमोवाईल्स क्षेत्रलाई प्राथमिकतामा राखेको पुष्टी गर्छ,’ उनले भने।

    उनले २०७० यता हायर पर्चेज कम्पनीमार्फत अटो क्षेत्रमा कर्जा प्रवाह गरिरहेको उल्लेख गरे। १० वटा हायर प्रचेज कम्पनीले २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको उनको भनाइ रहेको छ।‘अटो क्षेत्र अनुत्पादक क्षेत्र होइन। सरकारले अनुत्पादक क्षेत्र मानेको भए विशिष्टिकृत कम्पनी स्थापना गर्दैनथ्यो। कुनैपनि व्यक्तिले गाडी खरिद गर्दा ४० प्रतिशत नगद बुझाउँछ र ६० प्रतिशत ऋण पाउँछन्। विदेशमा समेत ६० देखी ८० प्रतिशतसम्म लोन टु पर्चेज (एलटिपी) रेसियो लगाएका छन्,’ उनले भने।नेपालमा व्यक्तिगत र व्यवसायिक गाडीमा फरक एलटिपी लगाउन सकिन्छ। व्यक्तिगत गाडी खरिद गर्न जाँदा ब्याजदर कम छ। तर, सार्वजनिक यातायातमा बढी जोखिम रहेको हुन्छ। त्यसैले बैंकहरुले निजी गाडीको तुलनामा सार्वजनिक यातायातमा बढी व्याज लगाउँछन्।’

    images
    images

    नेपालमा ०४१/०४२ अघि अर्थात् निजी बैंक स्थापना नहुँदासम्म अटो कर्जा प्रवाह हुने अवस्था नरहेको उनले स्मरण गरे।‘गाडी खरिद गर्नको लागि त ऋण लिनै हुँदैन भन्ने थियो। अहिले त्यसको उल्टो भएको छ। गाडी किन्न पुरै नगद दिने होइन, किस्ताबन्दीमा दिनुपर्छ भन्ने मान्यता स्थापित भएको छ। कनेक्टीभिटी आावश्यकता नै छ भनेर बैंकहहरुलाई कर्जा प्रवाहमा सहज बनाएको छ,’ उनले भने, ‘अहिलेको मौद्रिक नीतिमा हायरपर्चेज कर्जा सहज बनाउने उल्लेख गरेको छ। हायरपर्चेज कर्जा दिने कम्पनीको विषयमा अध्ययन गरेर व्यवस्थित र प्रोत्साहन गर्छ। राष्ट्र बैंकले अटोमोबाइल्स क्षेत्रलाई अनुत्पादक क्षेत्र भनेको छैन।’कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरूङले कृषि विकास बैंकले कृषि क्षेत्रलाई प्राथमिकता राखे पनि अर्थतन्त्रका अन्य क्षेत्रमा पनि लगानी गरिरहेको बताए।

    अन्तरक्रियामा सिइओ गुरुङले बैंकको ऋण विविधिकरण गरिरहेको बताए। अटोमोवाईल्स क्षेत्रमा पनि कर्जा प्रवाह गर्दै आएको बताउँदै उनले गत वर्षको नाडा अटो शोमा स्टल समेत राखेको बताए।उनले अटोमोवाईल्स क्षेत्रमा प्रवाह भएको कर्जामा समस्या पनि कम भएको बताए। ‘अन्य क्षेत्रमा प्रवाह भएको कर्जामा समस्या छ। त्यसमा खराब कर्जा पनि बढ्ने गरेको छ। तर, अटोमोबाइल्स क्षेत्रमा खराब कर्जा कम रहेको छ,’ उनले भने।भेन्चर हायर पर्चेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाबुराम शर्माले हायर पर्चेज कम्पनीहरुबाट अटोमोवाइलमा क्षेत्रमा २६ अर्ब ५० करोड रूपैयाँ लगानी भएको बताए।नेपाल उद्योग वाणिज्य महासंघ कर तथा राजस्व समितिका उपसंयोजक कृष्ण दुलालले अटो क्षेत्रको भविष्य उज्जवल रहेको बताए। नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका पूर्व अध्यक्ष समेत रहेका दुलालले यस क्षेत्रमा लगानी गरेपछि चिन्ता लिनुनपर्ने बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend