images

२०८३ आश्विन १६ गते

images
images
images

परीक्षार्थीहरू नक्कली प्रमाणित भएपछि नियन्त्रणमा

परीक्षार्थीहरू नक्कली प्रमाणित भएपछि नियन्त्रणमा

images
images
बिहिवार, भाद्र ५ २०८२
बिहिवार, भाद्र ५ २०८२
  • काठमाडौँ ।  भदौ ५, सुर्खेतमा लोकसेवा आयोगद्वारा सञ्चालित परीक्षामा नक्कली परीक्षार्थी सहभागी गराइएको भेटिएपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

    images
    images

    जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार बुधबार वीरेन्द्रनगर नगरपालिका–७ स्थित लोकसेवा आयोगको कार्यालयमा चलिरहेको परीक्षाको क्रममा ती परीक्षार्थीहरू नक्कली प्रमाणित भएपछि नियन्त्रणमा लिइएको हो।

    पक्राउ पर्नेमा जाजरकोटको छेडगाड नगरपालिका–१२ का धर्मराज चनारा, कुशे गाउँपालिका–७ सामाकोटका २५ वर्षीय श्यामशंकर सिंह, दैलेखको भगवतीमाई गाउँपालिका–५ का सुशिल शाही र २० वर्षीय भरत तिरूवा रहेका छन्।

    images
    images

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाका अनुसार उनीहरूलाई लिखित किर्तेसम्बन्धी कसुरमा अनुसन्धान थालिएको छ। प्रहरीका अनुसार वास्तविक परीक्षार्थीको सट्टामा अर्कै व्यक्ति परीक्षामा सहभागी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

    हाल चारै जना माथि थप अनुसन्धान भइरहेको छ र घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि जारी रहेको प्रहरीले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend