काठमाडौँ । भाद्र ०५,भद्रपुर आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो महिनामा रु ३० करोड ५१ लाख ९५ हजार राजस्व सङ्कलन गरेको छ। यो सङ्कलन चालु आवको वार्षिक लक्ष्यको ६ दशमलव ८५ प्रतिशत हो।
कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारका अनुसार चालु आवमा कुल रु ४ अर्ब ४५ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको छ। उनका अनुसार साउन महिनामा रु ३८ करोड ३ लाख ९१ हजार सङ्कलन गर्ने लक्ष्य थियो, तर त्यसको ८० दशमलव २३ प्रतिशत मात्र, अर्थात् रु ३० करोड ५१ लाख ९५ हजार राजस्व सङ्कलन भएको हो।
सङ्कलित राजस्व मध्येः
आयकरबाट रु ७ करोड ८३ लाख ६२ हजार,
ब्याजबापत रु १ करोड ५१ लाख ६१ हजार,
मूल्य अभिवृद्धि करबाट रु १४ करोड ४५ हजार,
अन्तःशुल्कबाट रु ६ करोड ८३ लाख ७० हजार राजस्व सङ्कलन भएको छ।
गत आर्थिक वर्ष २०८१।८२ को पहिलो महिनामा रु ३० करोड २३ लाख २६ हजार राजस्व सङ्कलन भएको थियो। कर अधिकृत सुनुवारका अनुसार राजस्व सङ्कलनमा सुधार ल्याउन कार्यालयले निरन्तर बजार अनुगमन, निगरानी तथा लाभग्राही केन्द्रित व्यावहारिक कर शिक्षा प्रदान गरिरहेको छ।




.gif)





