images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • महालक्ष्मी विकास बैंकको लाभांश क्षमतामा वृद्धि,...

महालक्ष्मी विकास बैंकको लाभांश क्षमतामा वृद्धि, अन्य सूचक कस्तो ?

महालक्ष्मी विकास बैंकको लाभांश क्षमतामा वृद्धि, अन्य सूचक कस्तो ?

images
images
बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ २०८२
  • काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ५०.०३ करोड पुगेको छ । बैंकको लाभाशं वितरण क्षमतामा वृद्धि भई ११.५१ प्रतिशत पुगेको छ ।

    images
    images

    आर्थिक वर्ष २०८१/८२ को अन्त्य सम्म बैंकले रु. ५६.२२ अर्ब निक्षेप संकलन गर्दै रु. ४५.८५ अर्ब कर्जा परिचालन गरेको छ । कर्जा परिचालनमा बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ५.०५ प्रशितले वृद्धि गरेको हो ।आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा शेयरधनी कोषमा प्रतिफल ११.७९ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ८३.९८ प्रतिशत रहेको छ । खराब कर्जा अनुपात ४.८६ प्रतिशत रहेको छ ।

    बैंकको कोष लागत प्रतिशत ४.५६ प्रतिशत रहेको छ जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.४७ प्रतिशत कम हो ।बैंकको आधार दर ६.५४ प्रतिशत रहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend