images

२०८३ आश्विन २१ गते

images
images
images

डल्ले च्याउको मूल्य बढ्यो

डल्ले च्याउको मूल्य बढ्यो

images
images
बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ २०८२
  • बजारमा डल्ले च्याउको मूल्य बढेको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो। बुधबार कालीमाटी बजारमा डल्ले च्याउ प्रतिकिलो थोक मूल्य चार सय ५० देखि पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। एक साताअघिको तुलनामा यो प्रतिकिलो एक सयदेखि एक सय ५० रूपैयाँसम्म बढी हो। 

    images
    images

    गत साता बुधबार कालीमाटी बजारमा डल्ले च्याउ तीन सय ५० देखि चारसय रूपैयाँमा बिक्री भइरहेको थियो।  च्याउको नियमित सेवनले उमेर बढेसँगै लाग्ने ओस्टियोपोरोसिस, जोर्नी दुख्ने जस्ता समस्या कम हुन्छन्। च्याउमा प्रोटिनसँगै भिटामिन–इ तथा सेलेनियम लगायतका सुक्ष्म पोषक तत्व पनि पाइन्छन्। यसले छाला तथा कपालको स्वास्थ्य सँगै मुटुरोगको जोखिम पनि कम गर्छ।मधुमेह नियन्त्रणका लागि पनि च्याउ उयोगी हुन्छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend