images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • एनआईसी एशिया लघुवित्तको समिक्षा बैठक तथा...

एनआईसी एशिया लघुवित्तको समिक्षा बैठक तथा कर्मचारी तालिम सम्पन्न

एनआईसी एशिया लघुवित्तको समिक्षा बैठक तथा कर्मचारी तालिम सम्पन्न

images
images
बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ २०८२
  • काठमाडौं । एनआईसी एशिया लघुवित्तले प्रगति समीक्षा तथा रणनीतिक योजना बैठक सम्पन्न गरेको छ । सोमबार र मंगलबार गरी दुई दिन चलेको उक्त कार्यक्रममा अनुगमन अधिकृत र कर्जा असुली अधिकृतहरूको सीप तथा क्षमता अभिवृद्धिका लागि विशेष तालिम समेत प्रदान गरिएको थियो ।संस्थाको वार्षिक कार्यक्रमअनुसार आयोजित कार्यक्रममा सातै प्रदेशका प्रमुखसहित ३१ अनुगमन अधिकृत, ९ कर्जा असुली अधिकृतलगायत ४७ जना कर्मचारीले सहभागिता जनाएका थिए ।

    images
    images

    रोयल बुटिक होटेल, काठमाडौंमा सम्पन्न कार्यक्रममा सञ्चालक समिति अध्यक्ष प्रकाश राज शर्माले देश–विदेशका लघुवित्त संस्थाहरूका उत्कृष्ट अभ्यास, क्षेत्रीय चुनौतीहरू र कर्जा गुणस्तर कायम राख्न आवश्यक असुली रणनीतिबारे जानकारी प्रस्तुत गरे । त्यसैगरी सञ्चालक सदस्य बलराम पौडेलले प्रभावकारी अनुगमनका लागि अपनाउनुपर्ने कदम तथा व्यवहारिक उदाहरणहरू प्रस्तुत गर्दै कर्मचारीलाई उत्प्रेरित गरेका थिए ।कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी, नायव प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे, सहायक महाप्रबन्धक राजेन्द्र न्यौपाने लगायत विभागीय प्रमुखहरूले दैनिक कार्यान्वयनका क्रममा देखिएका समस्या र समाधानका उपायबारे धारणा राखेका थिए ।

    बैठक गत आर्थिक वर्षको प्रगति समीक्षासहित चालु आवका लागि तय गरिएका लक्ष्यहरू हासिल गर्न आवश्यक रणनीति तर्जुमा गर्दै सम्पन्न भएको संस्थाले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend