images

२०८३ आश्विन १९ गते

images
images
images

प्रनभ फुडले साढे ८ महिनामा गर्‍यो पौने ३७ करोड रुपैयाँको व्यापार

प्रनभ फुडले साढे ८ महिनामा गर्‍यो पौने ३७ करोड रुपैयाँको व्यापार

images
images
बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ २०८२
  • काठमाडौं । प्रनभ फुड प्रोसेसिङ इन्डष्ट्रिज प्रालिले गत आर्थिक वर्षको साढे ८ महिनाको अवधिमा पौने ३७ करोड रुपैयाँको व्यापार गरेको छ ।कम्पनीले सञ्चालनमा आएको पहिलो वर्षको साढे ८ महिनाको अवधिमा ३६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।

    images
    images

    कम्पनीले सन् २०२४ को अक्टोबरबाट व्यवसायिक कारोबार सुरु गरेको थियो । कम्पनीले सञ्चालनमा आएको पहिलो वर्षमा १.७६ प्रतिशतले खुद नाफा कमाएको छ ।सन् २०१९ मा स्थापना भएको कम्पनीको उद्योग चितवनमा अवस्थित छ ।कम्पनीले चामल प्रशोधन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले उत्पादन गरेको चामल पन्यू, समुन्नती, हेमन्त र परेश ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

    कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५९ करोड ९० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १७ करोड ९६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४२ करोड ३ लाख रुपैयाँको रेटिङ गराएको हो ।कम्पनीले चामल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ स्थानीय किसानबाट लिने गरेको जनाएको छ । कम्पनीका अध्यक्ष पशुपति बुर्लाकोटी हुन् । उनीसँग उत्पादन र विद्युत क्षेत्रको अनुभव छ । साथै, उनी पेट्रोल पम्प र एलपीजी ग्यासको वितरक पनि हुन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend