images

२०८३ आश्विन १७ गते

images
images
images

अष्ट्रेलियामा ‘डेथ ट्याक्स’ पुनः ल्याउने तयारी

अष्ट्रेलियामा ‘डेथ ट्याक्स’ पुनः ल्याउने तयारी

images
images
बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ २०८२
  • काठमाडौँ । अष्ट्रेलियाले ४६ वर्षअघि खारेज गरिएको ‘डेथ ट्याक्स’ पुनः ल्याउने तयारी गरिरहेको छ । अष्ट्रेलियाली विज्ञहरूले यसले देशभित्रको असमानता कम गर्न मद्दत गर्ने बताएका छन् ।तर, धेरैले यसको आलोचना पनि गरिरहेका छन्। उनीहरूको भनाइमा यसले व्यवसाय छोडेका वा सानो-ठूलो सम्पत्ति बाँडेका परिवार प्रभावित हुनसक्छन् ।

    images
    images

    मृत्यु कर (डेथ ट्याक्स) भनेको केन्द्रीय र प्रादेशिक करहरू हुन्, जुन व्यक्तिको मृत्यु भएपछि उसको सम्पत्तिमा लगाइन्छ । यो कर सम्पत्ति पाउने उत्तराधिकारीले तिर्नुपर्छ ।अष्ट्रेलियामा सन् १९७९ मा सबै प्रकारका ‘डेथ ट्याक्स’ वा उत्तराधिकार कर अर्थात् ‘इनहेरिटेन्स ट्याक्स’ हटाइएका थिए, तर अहिले फेरि यो कानुन ल्याउन माग भइरहेको छ ।

    यस कानुनको मद्दतले अष्ट्रेलियाले करिब ७० अर्ब डलर कर राजस्व उठाउने लक्ष्य राखेको छ । अष्ट्रेलिया इन्स्टिच्युटको एक रिपोर्टअनुसार, यदि यो कर पुनः लागू गरियो भने करिब १० अर्ब डलर उठाउन सकिनेछ ।यसले पुस्तागत असमानता कम गर्ने विश्वास गरिएको छ । यसबाट सम्पत्ति अर्को पुस्तामा जाने हुँदा कर तिर्नुपर्नेछ ।साथै, रिपोर्टमा उल्लेख गरिएका अनुसार ५० लाख डलरभन्दा बढी सम्पत्ति भएका व्यक्तिहरूमाथि दुई प्रतिशत सम्पत्ति कर लगाइएमा हरेक वर्ष करिब ४१ अर्ब डलर संकलन गर्न सकिनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend