नाडा अटो-शो २०२५ को पूर्व सन्ध्यामा जि मोटर्स स्काईवेलका विद्यु्तीय सवारीको आधिकारिक वितरकले 'युरोप टुर फर फ्यामिली' अफर सार्वजनिक गरेको कम्पनीका कार्यकारी निर्देशक पारश मणी गेलालले जानकारी दिए। उक्त स्किम नाडा अटो-शो अवधि भरीमा स्काईवेलको स्टल एच१२ मा भिजिट गरी स्काईवेलका मोडल बुकिङ गर्दा स-परिवार युरोप घुम्ने टुर एबम युरोपमा स्काईवेल टेस्ट ड्राईभ गर्ने अफर प्रदान गर्ने कम्पनीले जनाएको छ।
उक्त अफरमा नाडा-शो अवधीमा बुकिङ गर्ने हरेक ग्राहक लाई एक थान 'डाईमन्ड न्याकलेस'-क्लासिक डाईमन्ड न्युरोडबाट डिजाइन गरिएको प्रदान गर्ने साथै एक जना लक्की ग्राहकले रोलेक्स घडी जित्ने कम्पनीले जनाएको छ।
एक्स्चेन्ज गरी नयाँ गाडी किन्ने ग्राहकलाई थप आकर्षक बोनस रकम प्रदान गरिने भएको छ। साथै ८०% प्रतिशतसम्मको न्युन ब्याजदरको लोन अफर र एक आर्थिक वर्षको कर सुविधा प्रदान गर्ने कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले जनाएका छन्। नेपाली ग्राहकले युरोपियन बजारमा अत्याधिक रुचाइएको स्काईवेलका प्रिमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भूभागमा सहजै यात्रा गर्न सक्नेछन्।
स्काईवेल ६५ भन्दा बढी देशहरूमा जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रिमियम सवारी उत्पादक कम्पनी हो।




.gif)





