images

२०८३ आश्विन १९ गते

images
images
images

अघिल्लो वर्षको भन्दा रिलायन्स स्पिनिङ मिल्सको नाफा ४२ प्रतिशतले बढ्यो

अघिल्लो वर्षको भन्दा रिलायन्स स्पिनिङ मिल्सको नाफा ४२ प्रतिशतले बढ्यो

images
images
मंगलवार, भाद्र ३ २०८२
मंगलवार, भाद्र ३ २०८२
  • काठमाडौं ।  रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८१/८२ मा उद्योगले अघिल्लो वर्षको भन्दा ४२ प्रतिशत नाफा कमाएको छ ।कम्पनीले सार्वजनिक गरेको वार्षिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कुल १ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ८६ करोड ५० लाख रुपैयाँ रहेको थियो ।

    images
    images

    २०५४ सालमा स्थापित रिलायन्स स्पिनिङ मिल्सले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्स्चर्ड यार्न उत्पादन गर्दै आएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा १० अर्ब २३ करोड ८३ लाख १२ हजार ६ सय रुपैयाँ बराबरको व्यापार गरेको वित्तीय विवरणमा उल्लेख छ । आर्थिक वर्ष २०८०/८१ मा भने ९ अर्ब २० करोड ६० लाख ८ सय ३१ रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

    ९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको रिलायन्स स्पिरिङ मिल्स हाल १ लाख २ हजार ८ सय २४ स्पिन्डलको जडित क्षमतासहित सञ्चालन भइरहेको छ । सुनसरीको खनार र दुहबीमा उद्योगका दुई वटा धागो कारखाना रहेका छन्, जहाँ १ हजार ३ सय महिलासहित ४ हजार व्यक्तिले रोजगारी पाएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend