images

२०८३ आश्विन १७ गते

images
images
images

महुली लघुवित्तले सेयर संरचना परिवर्तन गर्ने

महुली लघुवित्तले सेयर संरचना परिवर्तन गर्ने

images
images
मंगलवार, भाद्र ३ २०८२
मंगलवार, भाद्र ३ २०८२
  • महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयर संरचना परिवर्तन गर्ने निर्णय गरेको छ।साविकको महुली लघुवित्त र नवकिरण लघुवित्त गाभिएपछि हाल कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ। अब कम्पनीले संस्थापक सेयरधनीको ५.७२ प्रतिशत सेयर स्वामित्व सर्वसाधारण समूहमा परिवर्तन गर्न तयारी गरेको छ। यस परिवर्तनपछि, संस्थापक समूहको स्वामित्व ६४.२८ प्रतिशत र सर्वसाधारणको स्वामित्व ३५.७२ प्रतिशत हुनेछ।

    images
    images

    यदि कुनै संस्थापक सेयरधनीले आफ्नो सेयर सर्वसाधारण समूहमा रूपान्तरण गर्न नचाहेमा, ३५ दिनभित्र लिखित रूपमा निवेदन दिन आग्रह गरिएको छ।तोकिएको अवधिभित्र निवेदन प्राप्त नभएमा, स्वीकृति प्राप्त भएको मानिने र आवश्यक प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend