images

२०८३ आश्विन १९ गते

images
images
images

दैलेखमा स्थानीय तहको ३७२ करोडभन्दा बढी बेरुजु

दैलेखमा स्थानीय तहको ३७२ करोडभन्दा बढी बेरुजु

images
images
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • पञ्चकोशी-दैलेख । दैलेखका स्थानीय तहले आर्थिक वर्ष २०८०-८१ मा झण्डै ३४३ करोड रुपियाँ बजेट अनियमित तवरले खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार दैलेख जिल्लाका चार नगरपालिका ७ गाँउपालिका गरि ११ स्थानीय तहको कुल अद्यावधिक बेरुजु रकम तीन अर्ब ७२ करोड १९ लाख ७८ हजार नाघेको हो ।  

    images
    images

    सबैभन्दा धेरै आठविस नगरपालिका पहिलो र सबैभन्दा कम भगवतीमाई गाउँपालिका रहेको छ । जिल्लामा आर्थिक वर्ष २०८०-०८१ सम्मको अद्यावधिक बेरुजु रकममा सबैभन्दा धेरै आठविस नगपालिकाको ५८ करोड ३५ लाख एक हजारहजार रुपियाँ बेरुजु देखिएको छ । जिल्लामा सबै भन्दा कम रहेको भगवतीमाई गाउँपालिकाको १३ करोड ८१ लाख ८७ हजार रहेको बेरुजु छ । नारायण नगरपालिका कुुल एक अर्ब ३१ करोड ९१ लाख ९९ हजारको लेखापरीक्षण गर्दा हालसम्मको अद्यावधिक बेरुजु रकम २१ करोड ९६ लाख ५५ हजार बेरुजु पुगेको छ। यस्तै दुुल्लुु नगरपालिकाको कुल एक अर्व ९१ करोड ५७ लाख ९० हजारको लेखापरीक्षण गर्दा हालसम्मको अद्यावधिक बेरुजु ३८ करोड ६५ लाख २२ हजार रुपियाँ बेरुजु छ ।   

    त्यसैगरी कुल एक अर्व २१ करोड ९ लाख ६३ हजारको लेखापरीक्षण गर्दा चामुण्डाविन्दाशैनी नगरपालिकाको हालसम्मको अद्यावधिक बेरुजु ३८ करोड २९ लाख ८५ हजार रहेको छ ।आठबिस नगरपालिकाको एक अर्व ३३ करोड ६५ लाख २२ हजारको लेखापरीक्षण गर्दा पालिकाको हालसम्मको अद्यावधिक बेरुजू ५८ करोड ३५ लाख एक हजार पुुगेको छ । गुराँस गाँउपालिकाको १ अर्व १९ करोड ८ लाख ८८ हजारको रुपियाँ परीक्षण गर्दा हालसम्मको अद्यावधिक बेरुजु ५२ करोड २२ लाख ९३ हजार रहेको छ ।ठाँटीकाँध गाँउपालिकाले ९४ करोड ४४ लाख ३९ हजारको लेखापरीक्षण गर्दा हालसम्मको अद्यावधिक बेजुरु ३८ करोड ८९ लाख ३९ हजार रहेको छ ।

    images
    images

    आर्थिक वर्ष २०८१-०८२ को प्रतिवेदन आउन बाँकी छ । बेरुजु देखिएका रकम सबै स्थानिय तहका आर्थिक अनियमितता कतिपय शीर्षकका आवश्यक कागजात अपुग भएर देखिएको हुनसक्ने प्रतिवेदनमै उल्लेख छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend