images

२०८३ आश्विन १९ गते

images
images
images

सर्वोत्तम सिमेन्टको नाफा ६.७ गुणा बढ्यो

सर्वोत्तम सिमेन्टको नाफा ६.७ गुणा बढ्यो

images
images
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • काठमाडौं । सर्वोत्तम सिमेन्टको नाफा ६.७ गुणा बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा १ अर्ब ४५ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यसै अवधिमा यस्तो नाफा १४ करोड ९३ लाख रुपैयाँ थियो ।बिक्री आम्दानी बढेसँगै कम्पनीको नाफा बढेको हो । अघिल्लो आर्थिक वर्ष बिक्री आम्दानी ६ अर्ब ३७ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ९ अर्ब ५५ करोडको छ । कम्पनीले भारतमा पनि सिमेन्ट निर्यात गर्दै आएको छ ।

    images
    images

    ४ अर्ब ९५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । जसमा संस्थापक समूहको सेयर हिस्सा ८७.१० प्रतिशत रहेको छ भने सर्वसाधारण समूहको १२.९० प्रतिशत छ ।वार्षिक प्रतिसेयर आम्दानी २० रुपैयाँ १९ पैसा छ ।  पहिलो पटक बुक बिल्डिङ पद्दतीबाट यस कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले सर्वसाधारणलाई आईपीओ जारी गरेको थियो । हाल यस कम्पनीको सेयर मूल्य ९१५ रुपैयाँ हाराहारी छ ।

    प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ छ भने प्रतिसेयर कुल सम्पत्ति मूल्य ३०१ रुपैयाँ छ । सहायक कम्पनी पर्साको शुभ श्री जगदम्बा सिमेन्ट, रुपन्देहीको जगदम्बा सिमेन्ट इन्डस्ट्रिज र झापामा सर्वोत्तम सिमेन्ट इस्ट प्रालिलाई सञ्चालनमा ल्याई उत्पादन तथा बिक्री वितरण सुरुवात गरिएको कम्पनीले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend