images

२०८३ आश्विन १९ गते

images
images
images

नेपाल वेयर हाउजिङको आम्दानी २१ गुणा बढ्यो

नेपाल वेयर हाउजिङको आम्दानी २१ गुणा बढ्यो

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • नयाँ व्यवस्थापनले सम्हालेसँगै नेपाल वेयर हाउजिङको आम्दानी २१ गुणाले बढेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको आम्दानी २१ गुणा बढेर ३१ करोड ४० लाख पुगेको छ। अघिल्लो वर्ष कम्पनीले १ करोड ४९ लाख आम्दानी गरेको थियो। व्यवस्थापन परिवर्तन र नयाँ सञ्चालन तरिकाले कम्पनीको आम्दानी बढेको हो। 

    images
    images

    पहिले खाद्यान्न भण्डारणमा मात्र सीमित कम्पनीले अहिले आफैं अन्न खरिद–बिक्री समेत गरिरहेको छ। यही कारण आम्दानी बढेको हो। ९९ करोड ४२ लाख रुपैयाँ ऋण रहेको कम्पनीको ब्याज खर्च धेरै छ। यसबाहेक सञ्चालन खर्ब समेत बढेको छ। तर कम्पनीको सञ्चित नोक्सान घट्दो क्रममा छ।  

    अघिल्लो वर्ष पाँच करोड ८५ लाख नोक्सानमा रहेको कम्पनीको यसपटक नोक्सान पाँच करोड ५८ लाखमा सीमित भएको छ। कम्पनीको कर, ह्रास खर्च अघिको नाफा ५३ लाख रूपैयाँ छ। कम्पनीको सञ्चित नोक्सानी भने १२ करोडबाट बढेर १७ करोड पुगेको छ। कम्पनीले ऋणको दबाब घटाउन हकप्रद सेयर निष्कासनको घोषणा गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend