images

२०८३ आश्विन १९ गते

images
images
images

नेपाल टेलिकमको नाफा तीन अर्ब ५६ करोडले घट्यो

नेपाल टेलिकमको नाफा तीन अर्ब ५६ करोडले घट्यो

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८१/८२ मा दुई अर्व ६६ करोड ८१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा तीन अर्ब ५६ करोड ७३ लाख ९ हजार (अर्थात् ५७.२१ प्रतिशत) ले कमी हो । गत आवको सोही अवधिमा कम्पनीले ६ अर्व २३ करोड ५५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।कम्पनीको कर अघिको मुनाफा भने ११ अर्व २१ करोड ६३ लाख रुपैयाँ रहेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा तीन करोड ४३ लाख (अर्थात् ०.३० प्रतिशत) ले कमी हो । अघिल्लो आवको सोहि अवधिको कर अघिको मुनाफा ११ अर्व २५ करोड ६ लाख रुपैयाँ थियो । 

    images
    images

    यस्तै, ब्याज र कर अघिको कम्पनीको मुनाफा १९ अर्व २५ करोड ९१ हजार रुपैयाँ छ । यो रकम गत आवको सोही अवधिको तुलनामा एक अर्ब २२ करोड ९१ लाख ४६ हजार (अर्थात् ६.८२  प्रतिशत) ले बढी हो ।कम्पनीको प्रति शेयर आम्दानी  १४.८२ रुपैयाँ छ । गत आवको चौथो त्रैमासिकसम्ममा कम्पनीको सञ्चालन आम्दानी ३४ अर्व ५३ करोड २४ रहेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको दुई करोड ७८ लाख २३ हजार (अर्थात् ०.०८ प्रतिशत) ले कमी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ३४ अर्व ५६ करोड २ लाख रुपैयाँ सञ्चालन आय गरेको थियो । 

    गत आवको चौथो त्रैमासिकसम्ममा कम्पनीको कुल आय ३८ अर्व ७३ करोड ३३ लाख रुपैयाँ छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा तीन अर्ब ३८ करोड ३५ लाख ६९ हजार (अर्थात् ८.०३ प्रतिशत) ले कमी हो । गत आवको सोही अवधिमा कम्पनीले ४२ अर्व ११ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।ओटिटि सेवाहरुको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण अन्तरआवद्धता आयमा गत आवको चौथो त्रैमासिकसम्मको तुलनामा करिब ४१ करोड ९० लाख ७० हजार (अर्थात् १४ प्रतिशत) ले घटेको कम्पनीले जनाएको छ । साथै ओटिटि सेवाले कम्पनीको समग्र भ्वाईस एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव पारेको छ ।

    images
    images

    कम्पनीले गत वर्ष जिएसएम अनुमति पत्र नवीकरणको लागि २० अर्ब एकमुष्ठ भुक्तानी गर्नु गरेको थियो भने सञ्चालक समितिको निर्णय बमोजिम कर्मचारीहरुको निवृत्तिभरणको व्यवस्थाको लागि अघिल्लो वर्ष चार अर्ब ९७ करोड रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ । गत आवको तेस्रो त्रैमासिकसम्म करिब १३ अर्ब १५ करोड छुट्टयाए पश्चात लगानीमा भएको कमी तथा ब्याज दर क्रमिक रूपमा घट्नुले व्याज आय अघिल्लो आवको तुलनामा तीन अर्ब सात करोड ११ लाख ४२ हजार (अर्थात् ४५.२९ प्रतिशत) ले घटेको कम्पनीले दाबी गरेको छ ।प्रतिस्पर्धी आएसपिहरुले मोविलिटी गरी वाईफाई सेवा दिइरहेकोले मोवाइलको डेटा प्रयोगमा उल्लेखनीय कमी भएको कम्पनीले जनाएको छ ।

    राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको छ । सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकूल असर परेको कम्पनीले जनाएको छ ।कम्पनीले नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको खर्च लेखांकन तथा गत आवमा १३ अर्ब १५ करोड निश्चित लाभ कोष सम्पतीमा थप रकम छुट्टाइएको लगायतका कारणबाट सिर्जना भएको स्थगन करको प्रभाव पर्न गएको छ ।कम्पनीले गत वर्षसम्म शसर्त दायित्वमा देखाएको कर लगायतका केही मुद्दाहरुको यस आवमा छिनोफानो भई कम्पनीलाई परेको थप आर्थिक भारलाई चालु आवमा व्यवस्था गरिएको छ ।

    कम्पनीले यस त्रैमासिकमा ऋण लगानीमा थप नोक्सानी व्यवस्था गरेको छ । त्यसैगरी अन्य सम्पत्तिमा पनि यस त्रैमासिकमा थप नोक्सानी व्यवस्था गरेको छ ।कम्पनीले नेपाल लेखामान १९ अनुसारको कर्मचारीको निवृत्तिभरणको व्यवस्था हिसाबको लागि अनुमानित छुटदर हालको वित्तीय बजार स्थित तथा अपेक्षित प्रतिफलमा देखिएको गिरावटका कारण ७.५ प्रतिशतबाट ७ प्रतिशतमा घटेकोले कर्मचारीको निवृत्तिभरणको व्यवस्था बढेको कम्पनीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend