images

२०८३ आश्विन १६ गते

images
images
images
  • शिक्षा
  • कोरियन भाषा परीक्षाका लागि १ लाख...

कोरियन भाषा परीक्षाका लागि १ लाख २ हजार आवेदन

कोरियन भाषा परीक्षाका लागि १ लाख २ हजार आवेदन

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • काठमाडौँ । रोजगार अनुमती प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि एक लाख बढीले आवेदन फारम भरेका छन्। रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको ईपीएस कोरिया शाखाले साउन २६ गतेदेखि ३१ गतेसम्मका लागि आवेदन माग गरेको थियो। जसमा एक लाख २ हजार ५६४ जनाले आवेदन दिएको ईपीएस शाखाले जानकारी दिएको छ। 

    images
    images

    यस पटकको भाषा परीक्षाबाट अनुमानित ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन्।जस अन्तर्गत उत्पादनमुलक क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय जना उत्तीर्ण गरिनेछ। तर आवेदन दिने मध्ये उत्पादन क्षेत्र र कृषि क्षेत्रको छुट्याउन बाँकी रहेको पनि शाखाले जानकारी दिएको छ। नेपालको श्रम रोजगार तथा सुरक्षा मन्त्रालय र गणतन्त्र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच भएको समझदारी पत्र अनुसार ईपीएस प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिक श्रमिकको रुपमा जाँदै आएका छन्।

    यस प्रयोजनका लागि योग्य उम्मेदवार छनोट गर्न प्रथम चरणमा भाषा परीक्षा सञ्चालन गरिन्छ। यस वर्षका लागि एचआरडी कोरियाले अनुमानित ५ हजार ३ सय कोटा छुट्याउँदै परीक्षा कार्यक्रमको तालिका पठाएको हो। परीक्षाको मिति भने पछि प्रकाशित गरिनेछ। परीक्षा एक दिनमा बढिमा ५ सिफ्टमा सञ्चालन हुनेछ। आवेदन संख्याका आधारमा र अन्य कुनै कारण आइपरेमा परीक्षा तालिका फेरबदल हुन सक्ने पनि ईपीएस शाखाले जनाएको छ। कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या थपघट हुन सक्ने पनि सूचनामा जानकारी दिइएको छ। भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीहरुले दोस्रो चरणको सिप तथा प्रतिस्पर्धा क्षमता परीक्षणमा समेत उत्तीर्ण भएपछि मात्रै रोजगार आवेदन फारम भर्न सक्नेछन्। दोस्रो चरणको परीक्षा सम्बन्धि जानकारी प्रथम चरणको परीक्षाको नतिजा प्रकाशन पछि सार्वजनिक गरिनेछ। 

    images
    images

    भाषा परीक्षाका सबै केन्द्र काठमाडौँमै रहनेछन्। परीक्षाको नतिजा एचआरडी सर्भिस अफ कोरियाबाट प्राप्त भएपछि प्रकाशन गरिनेछ। परीक्षामा आफूले प्राप्त गरेको नतिजा अंक अनलाइनबाट प्राप्त गर्न सक्नेछन्।भाषा परीक्षाको वैद्यता सम्बन्धित नतिजा प्रकाशन भएको २ वर्षसम्म मात्रै रहनेछ। परीक्षामा पढाई सम्बन्धी २० वटा र सुनाई सम्बन्धि २० वटा गरी एक(एक सय पूर्णाङ्कको हुनेछ।२५र२५ मिनेट गरी ५० मिनेटमा परीक्षा सकिनेछ। तर यी दुई परीक्षाको बिचमा विश्राम नभई लगातार सञ्चालन हुनेछ। परीक्षामा सामेल हुन जाँदा सक्कल राहदानी र प्रवेश पत्र लिएर जानुपर्नेछ।भाषा परीक्षामा नक्कल गर्ने र गराउने कार्य गरेमा चार वर्षका लागि पुनः परीक्षामा सामेल हुन प्रतिबन्ध गरिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend