images

२०८३ आश्विन १९ गते

images
images
images

नुवाकोटमा ट्राफिक राजश्व संकलन घट्यो

नुवाकोटमा ट्राफिक राजश्व संकलन घट्यो

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • नुवाकोटः भाद्र ०१, नुवाकोट जिल्लामा ट्राफिक राजश्व संकलनमा उल्लेखनीय गिरावट आएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, विदुरका अनुसार आर्थिक वर्ष २०८१।०८२ मा अघिल्लो वर्षको तुलनामा १ करोड २१ लाख २१ हजार ५ सय रुपैयाँले कम राजश्व संकलन भएको हो।

    images
    images

    जिल्लाका प्रमुख सडकहरू, पासाङल्हामु मार्ग, गँगटे–छहरे–टोखा सडकमार्ग, र गल्छी–देवीघाट–त्रिशूली सडकमार्ग–सवारी आवागमनमा अत्यन्त व्यस्त छन्। यद्यपि, सवारीको चाप उच्च हुँदाहुँदै पनि ट्राफिक राजश्वमा गिरावट देखिएको छ।

    गत आवमा ४,१४६ वटा सवारी साधनलाई सवारी नियम उल्लंघनको अभियोगमा कारबाही गरिएको थियो। ती कारबाहीहरूबाट जम्मा ४४ लाख ९३ हजार ५ सय रुपैयाँ मात्र राजश्व संकलन भएको कार्यालयले जनाएको छ।

    images
    images

    ट्राफिक कार्यालयले राजश्व संकलन घट्नुको कारणबारे थप अध्ययन भइरहेको बताएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend