images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • उच्च शिक्षा मेला आजदेखि एभरेस्ट होटल,...

उच्च शिक्षा मेला आजदेखि एभरेस्ट होटल, काठमाडौंमा सुरु

उच्च शिक्षा मेला आजदेखि एभरेस्ट होटल, काठमाडौंमा सुरु

images
images
शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • काठमाडौं, साउन ३०, २०८२–नेपाल उच्च शिक्षा मेला आजदेखि काठमाडौंस्थित एभरेस्ट होटलमा सुरु भएको छ। दुईदिने यो मेला साउन ३० र ३१ गते (अगस्ट १५ र १६) सम्म सञ्चालन हुनेछ।

    images
    images
    EMBARK COLLEGE  EVENT.jpg
    undefined

    उच्च शिक्षाका लागि नेपाल तथा विदेशी विश्वविद्यालय र शैक्षिक संस्थाहरुले मेलामा सहभागिता जनाएका छन्। मेलाको उद्देश्य नेपाली विद्यार्थीहरूलाई देश तथा विदेशमा उपलब्ध विभिन्न शैक्षिक अवसरहरूको जानकारी दिनु रहेको आयोजक संस्थाले जनाएको छ।

    मेलामा सहभागी विद्यार्थीहरूले विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधि सँग प्रत्यक्ष भेटघाट गर्न, आवश्यक परामर्श लिन र अध्ययनका लागि आवेदन प्रक्रिया, छात्रवृत्तिका अवसरहरू लगायत विषयमा जानकारी पाउनेछन्।

    images
    images
    NCMT.jpg
    undefined

    मेला बिहान १० बजेबाट सुरु भई साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार मेलामा प्रवेश निःशुल्क छ र एसईई, प्लस टु, तथा स्नातक तहका विद्यार्थीहरूका लागि विशेष उपयोगी हुने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend