images

२०८३ आश्विन २० गते

images
images
images
  • शिक्षा
  • काठमाडौं महानगरपालिका ले सुरु गर्यो एसईई...

काठमाडौं महानगरपालिका ले सुरु गर्यो एसईई पूरक परीक्षाको तयारी कक्षा

काठमाडौं महानगरपालिका ले सुरु गर्यो एसईई पूरक परीक्षाको तयारी कक्षा

images
images
अर्थ समाचार
आइतवार, आषाढ २३ २०८१
अर्थ समाचार
आइतवार, आषाढ २३ २०८१
  • काठमाडौं– काठमाडौं महानगरपालिकाले आजदेखि एसईई पूरक परीक्षाको तयारी कक्षा सुरु गरेको छ । २०८० सालको एसईईमा नियमित परीक्षार्थीमा सहभागी भएर ग्रेड वृद्धि पाउन नसकेका ८७३ जना विद्यार्थीका लागि यो कक्षा सुरु गरिएको हो ।

    images
    images

    सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झा भन्छन्, ‘विद्यार्थीहरूलाई स्रोत केन्द्रमा क्याम्प राखेर कक्षा सुरु गरिएको हो । यी कक्षाहरु पास गराउनमा भन्दा पास गराउने वातावरण तयार गर्नका लागि सञ्चालन गरीएका हुन् ।’

    उनी भन्छन्, ‘पास गराउन पाठ पढाइन्छ । पास गराउने वातावरण तयार पार्दा विद्यार्थीलाई पाठ पढाउनुका साथै सिकाइप्रति उत्साहित गरिन्छ । केही बिग्रिएको छैन भनेर प्रोत्साहित गरिन्छ ।’

    images
    images

    यस प्रकारको वातावरण तयार पार्नका लागि विद्यार्थीहरूलाई स्वच्छ खानाको प्रबन्ध गरिएको र, १ सय शिक्षकको रोष्टर बनाएर कक्षा सञ्चालन थालिएको उनको भनाइ छ ।

    कक्षामा व्यक्तिगत परामर्श, पियर लर्निङ् (दुई जनाका बिचमा हुने अन्तरक्रियात्मक सिकाइ) र समूहगत सिकाइ जस्ता विधि अवलम्बन गरेर कक्षा सञ्चालन हुनेछन् ।

    ‘यो महानगरपालिकाका लागि पनि परीक्षा हो ।’ सचिवालय सल्लाहकार सस्मित पोखरेल भन्छिन्, ‘विद्यार्थीहरू जुन विषयमा अनुत्तीर्ण भए उनीहरूलाई विषय कठिन लागेकोले अनुत्तीर्ण भएका हुन् । यही कठिन विषयमा उनीहरूलाई रुचि जगाउनु छ । यही विषयमा अध्यापन गराउनु छ । उनीहरूलाई अध्ययन गराउनु प्रेरित गर्नु छ । यसमा ग्रेड वृद्धि गराउनु छ । यस कारण यो महानगरपालिकाका लागि पनि परीक्षा हो । यो परीक्षा जसरी पनि उत्तीर्ण गर्नु पर्नेछ ।’

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend