images

२०८३ आश्विन १६ गते

images
images
images

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफामा वृद्धि

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफामा वृद्धि

images
images
शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ५३ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने कम्पनीले ५० करोड २४ लाख रुपैयाँ नाफा गरेको थियो जुन गत वर्षको तुलनामा ५.९५ प्रतिशतले कम हो ।नाफा घटेपनि कम्पनीको कुल आम्दानी भने बढेको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ कुल आम्दानी गरेको छ ।

    images
    images

    अघिल्लो आर्थिक वर्षमा भने कम्पनीले २ अर्ब ५० करोड ३३ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।कम्पनीले गत आर्थिक वर्षमा ४ अर्ब ९ करोड ५२ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा भने कम्पनीेले ३ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको थियो ।वित्तीय विवरणअनुसार कम्पनीको कुल खर्च पनि बढेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ६२ करोड २४ लाख रुपैयाँ कुल खर्च गरेको कम्पनीले गत आर्थिक वर्षमा भने १ अर्ब ९४ करोड ८० लाख रुपैयाँ बराबरको कुल खर्च गरेको छ ।

    कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) २१.२९ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २१०.३४ रुपैयाँ छ । यस्तै, कम्पनीको प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४२०.७४ रुपैयाँ छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend