images

२०८३ आश्विन १६ गते

images
images
images

नबिल बैंकको म्युचुअल फण्ड ‘एन आई ३१’ निष्काशन

नबिल बैंकको म्युचुअल फण्ड ‘एन आई ३१’ निष्काशन

images
images
शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • काठमाडौं ।  नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने दोस्रो खुलामुखी योजना एन आई ३१ शुक्रबार (आज)बाट निष्कासन भएको छ । उक्त फण्डमा २ करोड ५० लाख इकाई रहेको छ । जसमा १५ प्रतिशत अर्थात ३७ लाख ५० हजार नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडलाई सुरक्षित गरिएको छ । 

    images
    images

    बाँकी रहने १ करोड ५० लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरूमा १ करोड १२ लाख ५० हजार इकाई सार्वजनिक निष्कासनको रुपमा बिक्रीका लागि खुल्ला गरिएको छ । फण्डमा भदौ ३ गतेसम्म आवेदन दिन सकिने छ । उक्त समयमा पुरै इकाइमा आवेदन नपरेमा भदौ १३ गतेसम्म आवेदन दिन सकिने छ । फण्डको मूल्य प्रति इकाई १० रुपैयाँ तोकिएको छ । आवेदन दिँदा न्यूनतम १०० इकाइका लागि र उच्चतम् वा २५ लाख इकाईका लागि आवेदन दिन सकिने छ । 

    फण्डले नेपाल धितोपत्र बोर्डबाट साउन ८ गते अनुमति पाएको थियो । एन आई ३१ फण्डको कोष प्रबन्धक नबिल बैंक रहेको छ भने योजना व्यवस्थापक र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । उक्त फण्डको सुपरीवेक्षक ५ जना रहेका छन् । जसमा प्राध्यापक पवन कुमार ओझा पूर्वमहान्यायाधिवक्ता, कानुन व्यवसायमा ३० वर्ष भन्दा बढीको अनुभव, हाल वरिष्ठ अधिवक्ताको रूपमा कार्यरत गरेका छन् । 

    images
    images

    प्राध्यापक डा. विजय कुमार के.सी. शिक्षाविद्, शिक्षण तथा अनुसन्धानमा ४९ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् । धितोपत्र बोर्डका पूर्व सञ्चालक विनोद बाबु काफ्ले जो निजामती सेवामा ३० वर्षभन्दा बढीको अनुभव रहेका व्यक्ति छन् । त्यस्तै,  बिमा समितिका पूर्व अध्यक्ष प्राध्यापक डा.फत्त बहादुर के.सी. समेत छन् । जसको शिक्षण तथा अनुसन्धानमा ३६ वर्षभन्दा बढीको अनुभव रहेको छ । महालेखा परीक्षकको कार्यालयका पूर्व प्रशासक (उप–महालेखा परिक्षक) देव बहादुर बोहोरा समेत कोष सुपरिवेक्षकको रुपमा छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend