images

२०८३ आश्विन १९ गते

images
images
images
  • अर्थतन्त्र
  • एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा १० गुणाले बढ्यो,...

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा १० गुणाले बढ्यो, लाभांश क्षमता कति ?

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा १० गुणाले बढ्यो, लाभांश क्षमता कति ?

images
images
बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १० गुणा बढेको छ।गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६७ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १० गुणा अर्थात ८८९.०४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    images
    images

    कम्पनीको वित्तीय आम्दानी, लाभांश आम्दानी घट्दा पनि लगानी बिक्रीबाट उल्लेख्य नाफा भएका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।समीक्षा अवधिमा कम्पनीको लाभांश आम्दानी ४३.४८ प्रतिशत घटेको छ भने वित्तीय आम्दानी १८.६५ प्रतिशत घटेको छ। सो अवधिसम्ममा कम्पनीले लगानी बिक्रीबाट ९० करोड ९ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ। जसका कारण कम्पनीको कुल आम्दानी ९०० प्रतिशत बढेको छ। कम्पनीको कुल खर्च १ करोड १२ लाख रुपैयाँबाट बढेर ११ करोड ३८ लाख रुपैयाँ पुगेको छ।

    नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४६ रुपैयाँ ६९ पैसा बढेर ५२ रुपैयाँ २३ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २५० रुपैयाँ १५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.६४ गुणा रहेको छ।१ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ७२ करोड २० लाख रुपैयाँ रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend