images

२०८३ आश्विन १८ गते

images
images
images

नेसनल लघुवित्तको नाफा १३६.३३ प्रतिशतले वृद्धि

नेसनल लघुवित्तको नाफा १३६.३३ प्रतिशतले वृद्धि

images
images
बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाको खुद नाफा १३६.३३ प्रतिशतले बढेको छ ।संस्थाले गत आवको अन्तिमसम्म ४७ करोड ४० लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । यो नाफा अघिल्लो आव २०८०/८१ को तुलनामा शतप्रतिशतभन्दा बढी हो । अघिल्लो आवमा संस्थाले २० करोड पाँच लाख रुपैयाँ नाफा कमाएको थियो ।

    images
    images

    संस्थाको खुद ब्याज र कमिसन आम्दानी दुवैमा उल्लेख्य सुधार देखिँदा नाफा वृद्धिमा टेवा पुगेको हो । संस्थाको खुद ब्याज आम्दानी ४४.६० प्रतिशतले बढेर एक अर्ब ६१ करोड ५५ लाख रुपैयाँ पुगेको छ । कमिसन आम्दानी २१.६३ प्रतिशतले बढेर २३ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।गत आवमा संस्थाको निक्षेप संकलन २३.२३ प्रतिशत बढेर ६ अर्ब ४६ करोड ४७ लाख रुपैयाँ पुगेको छ । कर्जा परिचालन २४ अर्ब २१ करोड ८६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खराब कर्जा अनुपात ४.११ प्रतिशत पुगेको छ । अघिल्लो आवमा संस्थाको एनपीएल ३.६९ प्रतिशत रहेको थियो ।

    उक्त अवधिसम्म संस्थाको सीडी रेसियो ३८९.२८ प्रतिशत छ । बेस रेट ११.३२ प्रतिशत छ । संस्थाको वितरणयोग्य मुनाफा ४४ करोड एक लाख ८३ हजार रुपैयाँ छ ।संस्थाको चुक्ता पुँजी एक अर्ब ३३ करोड १६ लाख रुपैयाँ छ । संस्थाको लाभांश क्षमता ३३.०५ प्रतिशत छ ।संस्थाको रिटेन्ड अर्निङ ४४ करोड एक लाख ८३ हजार, रिर्जभ फन्डमा एक अर्ब ४९ करोड ६ लाख रुपैयाँ छ ।संस्थाको ईपीएस १८.३९ रुपैयाँले बढेर ३५.६० रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ २४५ रुपैयाँ छ । मूल्य आम्दानी अनुपात ३९.३३ र तरलता अनुपात २०.३० प्रतिशत छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend