images

२०८३ आश्विन १७ गते

images
images
images

बुटवल पावर कम्पनीले एक आवमा कमायो २२ करोड माथिको नाफा

बुटवल पावर कम्पनीले एक आवमा कमायो २२ करोड माथिको नाफा

images
images
बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा २२ करोड माथिको नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार २२ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको हो ।कम्पनीको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा कम्पनीले अघिल्लो आर्थिक वर्षको भन्दा १६.५८ प्रतिशतले नाफा वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षमा यो कम्पनिले १९ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ५.७९ प्रतिशत बढेर ७३ करोड ३७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा २३.९२ प्रतिशत बढेको छ भने अन्य आम्दानी ६.७४ प्रतिशत घटेको छ । 

    images
    images

    कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा २४.३४ प्रतिशत बढेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९४ पैसा बढेर ६ रुपैयाँ ६३ पैसा पुगेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ २ पैसा र मूल्य आम्दानी अनुपात १४४.३९ गुणा रहेको छ । ३ अर्ब ४० करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३ अर्ब ६८ करोड २४ लाख रुपैयाँ रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend