काठमाडौं । हिमालयन डिस्टिलरीको नाफा २.६ गुणा बढेको छ ।कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ९५ करोड ३२ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ३६ करोड ५० लाख रुपैयाँ थियो । कम्पनीको बिक्री आम्दानी बढेपछि नाफामा प्रभाव देखिएको हो ।
कम्पनीको सञ्चालन आम्दानी गत आर्थिक वर्ष ७ अर्ब २० करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो आम्दानी जम्मा ४ अर्ब १५ करोड थियो ।नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो आर्थिक वर्ष प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८८ पैसा रहेकोमा गत आर्थिक वर्ष ३१ रुपैयाँ २ पैसा छ ।प्रतिसेयर नेटवर्थ १३५.८४ रुपैयाँ रहेको कम्पनीको बजारमा सेयर मूल्य १३३३ रुपैयाँ छ ।




.gif)



