काठमाडौँ । नेपाल एसबीआई बैंकको नाफा घटेको छ । बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण अनुसार बैंकले सो आर्थिक वर्षमा १ अर्ब ८० करोड नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्ष १ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिको बैंकको नाफा गत वर्षको भन्दा करिब ११ प्रतिशत घटेको हो।बैंकको व्यवसायबाट प्राप्त बढे पनि निष्क्रिय कर्जामा भएको वृद्धिका कारण खुद नाफा घटेको देखिएको छ । गत वर्ष इम्पेरिमेन्ट चार्जमा १ अर्ब २ करोड रुपैयाँ छुट्टाएको बैंकले यो वर्ष ६४ करोड रुपैयाँ मात्रै छुट्टाएको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब २६ करोड बराबर गरेको छ। कमिसन तथा शुल्कतर्फको आम्दानी १ अर्ब २१ करोड गरेको बैंकले सञ्चालन तथा कर्मचारी खर्चमा झन्डै २ अर्ब ७३ करोड रुपैयाँ खर्चेको छ । १० अर्ब ९० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ८ अर्ब ४२ करोड रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा बैंकले १ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ गरेको छ।
बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २३ करोड रुपैयाँ रहेको छ जुन प्रतिशेयर आम्दानी ११.२९ रुपैयाँ बराबर हो । बैंकको प्रतिशेयर आम्दानी भने १३.५४ रुपैयाँ रहेको छ। बैंकको निष्क्रिय कर्जा ३.३५ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यस्तो दर १.९७ प्रतिशत रहेको थियो । बैंकको पुँजीकोष अनुपात १३.०३ प्रतिशत, कस्ट अफ फण्ड ५.१८ प्रतिशत, बेसरेट ६.२९ प्रतिशत र ब्याजको स्प्रेडदर ३.५२ प्रतिशत रहेको छ ।




.gif)





