images

२०८३ आश्विन १९ गते

images
images
images

उपायमा डोल्मा इम्प्याक्ट फन्डको थप २८ करोड लगानी

उपायमा डोल्मा इम्प्याक्ट फन्डको थप २८ करोड लगानी

images
images
बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • काठमाडौँ । उपायले डोल्मा इम्प्याक्ट फन्डबाट  २८ करोडको लगानी पाएको छ । यो लगानीले नेपालको लजिस्टिक्सलाई अझ छिटो, प्रभावकारी र समावेशी बनाउन उपायाको यात्रामा एक महत्वपूर्ण उल्लेखनीय मोडको रूपमा चित्रित गरेको छ । योसँगै उपायले सिरिज सीको यस चरणलाई बन्द गर्ने प्रक्रियामा रहेको छ । उपायले आफ्ना साथी, परिचित तथा पारिवारिक समुहबाट २७ करोडको थप लगानी संकलन गर्दै, कुल लगानी रकम ५५ करोडमा पुर्‍याउन सफल भएको छ ।

    images
    images

    सन् २०१९ मा व्यावसायी, चालक र ग्राहकहरूलाई सहज डिजिटल प्लेटफर्ममार्फत जोड्ने दृष्टिकोणका साथ स्थापना गरिएको उपाय स्टार्टअपको रूपमा विकास हुँदै नेपालको मागअनुसारको, उद्यम तथा अन्तर शहर लजिस्टिक्स समाधानमा अग्रणी भूमिका खेल्न सफल भएको छ । यसका साथै, घरदैलोसेवा बिस्तार गर्दै तेस्रो पक्षको लजिस्टिक्स गोदाम सेवाहरू पनि प्रदान गर्दै आएको छ। आज उपायले हजारौं व्यावसायीहरू लाई डेलिभरी सेवा प्रदान गर्दै नेपालको अग्रणी लजिस्टिक्स समाधान प्रदायकको रूपमा स्थापित भएको छ ।आजको दिनसम्म, उपायले २०० करोडभन्दा बढी लगानी जुटाइसकेको छ । यस चरणसहित, डोल्मा इम्प्याक्ट फन्डले ७१ करोड लगानी गरेको छ र उपायको सबैभन्दा महत्वपूर्ण र निरन्तर लगानी साझेदारको रूपमा यसको वृद्धि यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

    उपायका प्रबन्ध निर्देशक एवं सहसंस्थापक सुमन रायमाझीले भने- 'यो लगानी संकलन केवल पूँजीको लागि मात्र होइन—यो राइड्स, खाना, वस्तु र व्यवसाय क्षेत्रहरूलाई समग्र रूपमा समेटेर धेरै व्यवसाय तथा जीविकोपार्जनका अवसरहरू खोल्नका लागि एउटा कोशेढुंगा हुने कुरा हो । यस लगानीसहित, हामी हाम्रो प्लेटफर्मलाई विस्तार गर्दै, इकोसिस्टमलाई सुदृढ गर्न, श्रीलंका र भुटान जस्ता क्षेत्रीय बजारहरूमा नवीन सेवाहरू स्थानान्तरण गर्न, र नेपालका सबै नयाँ स्टार्टअपहरूका लागि नयाँ मापदण्ड र आशा स्थापना गर्न तयार छौं ।'यो नयाँ लगानी,प्रविधि विकासलाई तीव्र बनाउन प्रयोग गरिनेछ, जसमा ग्राहक अनुभव सुधारका लागि एआई मा आधारित लगिस्टिक्स प्लेटफर्म विकास गर्दै, नेपालभर २०० शाखा विस्तार गरी दक्षता र नेटवर्क बढाउने, साथै गोदाम परियोजनामा इक्विटी सहभागिता गर्ने योजना  कम्पनीको रहेको छ ।

    images
    images

    डोल्मा फन्ड म्यानेजमेन्टका संस्थापक तथा सीईओ टिम गोचर भन्छन्- 'उपायले केवल लजिस्टिक्स समस्या मात्र समाधान गरिरहेको छैन, यसले नेपालभर छिटो र दिगो लजिस्टिक्स नेटवर्कहरू विकास गर्न आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ। जसको सशक्त कार्यान्वयन, गहिरो स्थानीय ज्ञान, र विस्तारयोग्य प्रविधिले दीर्घकालीन प्रभाव सिर्जना गर्न उपयुक्त साझेदार बनाएको छ ।'उपायका सहसंस्थापक-निर्देशक रजीव श्रेष्ठले भने- 'हाम्रो सुरुका दिनदेखि हालैको विस्तारसम्म, डोल्माको विश्वास, पूँजी, र रणनीतिक मार्गदर्शनले हाम्रो दृष्टिलाई वास्तविकतामा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेको छ । नेपाल तथा बाहिर लजिस्टिक्स रूपान्तरण गर्ने हाम्रो मिसनमा डोल्मा फन्ड र अन्य लगानीकर्ताहरूको विश्वासले हामीलाई  गुणस्तरीय सेवा लाई रचनात्मक र साहसी रुपमा विस्तार गर्न ऊर्जा प्रदान गरिएको छ ।'

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend