images

२०८३ आश्विन १७ गते

images
images
images

बिहीबार भगवान विष्णुको पूजा, धन र विद्या प्राप्तिको विश्वास

बिहीबार भगवान विष्णुको पूजा, धन र विद्या प्राप्तिको विश्वास

images
images
बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • काठमाडौंः आज २०८२ साल साउन २९ गते बिहीबार, भाद्र कृष्ण पक्षको षष्ठी तिथि रहेको छ। ग्रेगोरियन पात्रोअनुसार आज २०२५ अगस्ट १४ तारिख पर्छ। बिहीबारको दिन हिन्दू धर्मावलम्बीहरूले विशेष रूपमा भगवान विष्णु र गुरु वृहस्पतिको पूजा आराधना गर्छन्।

    images
    images

    धार्मिक विश्वास अनुसार बिहीबारको व्रतले धन, पुत्र र विद्या प्राप्ति हुने मानिन्छ। साथै, यो दिन भगवान विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिने चलन छ। व्रत शुक्ल पक्षको पहिलो बिहीबारबाट सुरु गर्न उत्तम मानिन्छ, र यदि सो दिन अनुराधा नक्षत्र परेको खण्डमा त्यो विशेष फलदायी हुने विश्वास गरिन्छ।

    यसरी गरिन्छ पूजाः बिहानै स्नान गरी शुद्ध भई पहेँलो वस्त्र धारण गर्ने परम्परा छ। पूजा गर्दा पहेँलो फूल र चन्दन मिसाएर तयार गरिएको प्रसाद भगवानलाई अर्पण गरिन्छ। यो विधिबाट भगवान विष्णु प्रसन्न भई घरमा आर्शिवाद रहने जनविश्वास रहेको छ।

    images
    images

    यो व्रत कम्तिमा ७ महिना र अधिकतम १३ महिना निरन्तर गर्नुपर्ने मान्यता छ। व्रतको दिन ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जप गर्नुपर्छ।

    धार्मिक अनुष्ठानको रूपमा बिहीबारको व्रतलाई परिवारमा सुख, समृद्धि र ज्ञानको स्रोतका रूपमा लिइन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend