images

२०८३ आश्विन १९ गते

images
images
images

मुलुकमा १८ अर्बको काठजन्य सामग्री आयात

मुलुकमा १८ अर्बको काठजन्य सामग्री आयात

images
images
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • काठमाडौं । मुलुकमा १८ अर्बको काठ र काठजन्य सामग्री आयात भएको तथ्याङ्क सार्वजनिक भएको छ ।वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा गत आर्थिक वर्षको मूल्यको अनुपातमा करिब १८ अर्बको काठ र काठजन्य सामग्री आयात भएको देखिएको बताए ।

    images
    images

    ‘गोलिया काठको आयातको हिस्साको हिसाबले हेर्दा काठजन्य सामग्रीको आयातको हिस्सा अधिकत्तम रहेको देखिन्छ ।’ मन्त्री ठकुरीले संसदमा उठेको प्रश्नको जवाफ दिँदै भने, ‘रेडिमेड काठहरू बढी आयात भएको देखिन्छ । देशमा नै काठजन्य सामग्री उत्पादन गर्ने उद्योग बढी मात्रामा खोल्न सकेमा काठजन्य सामग्री आयात प्रतिस्थापन हुने देखिन्छ ।’वर्तमानमा देशभित्र काठजन्य सामग्री उत्पादन गर्ने उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ काठ उपलब्ध गराउन सरकारसँग पूर्ण रुपमा क्षमता भएको मन्त्री ठकुरीले जानकारी गराए ।

    उनले सरकारले दिगो वनव्यवस्थापनमार्फत् काठदाउराको उत्पादन रोजगारी सिर्जना र काठजन्य सामग्री उत्पादन गर्ने उद्योगहरूलाई कच्चा पदार्थ उपलब्ध गराई काठजन्य सामग्रीको आयात प्रतिस्थापन गर्ने गरी कार्यक्रम अगाडि बढाएको घोषणा गरे ।उनले यसका लागि दिगो वन व्यवस्थापनको राष्ट्रिय मापदण्ड २०८१, राष्ट्रिय वनको एकीकृत रणनीतिक योजना २०८१ तथा सामुदायिक वन मार्गदर्शन २०८१ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको बताए ।

    images
    images

    ‘सँगसँगै वनको व्यवस्थापन, काठदाउराको उत्पादन, आपूर्ति संविधानबमोजिम प्रदेश सरकारको अधिकार क्षेत्र र जिम्मेवारीको विषय भएकाले प्रदेश सरकारसँग समन्वय गरी कार्य सञ्चालन भएको व्योहोरा पनि म यहाँ जानकारी गराउन चाहान्छु ।’ मन्त्री ठकुरीले सदनमा भने ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend