images

२०८३ आश्विन १६ गते

images
images
images

एक वर्षे कार्यकालमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत

एक वर्षे कार्यकालमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत

images
images
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बनेपछिको एक वर्षमा तीन दर्जन ऐन, कानूनहरू संशोधन भएको बताउनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा सुशासन प्रवर्द्धन गर्न, सेवा प्रवाहलाई सरल बनाउन, लगानीमैत्री वातावरण बनाउन र वैदेशिक लगानी आकर्षित गर्न ठूलो काम गरेको बताउनुभयो ।आर्थिक क्षेत्रमा उत्साहजनक नतिजाहरू ल्याएको प्रधानमन्त्रीको दाबी छ । यो कार्यकालमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुगेको उहाँले बताउनुभयो । अर्थतन्त्र पनि ४ खर्ब रुपैयाँले विस्तार भएको उहाँकाे भनाइ छ ।

    images
    images

    प्रधानमन्त्रीले भन्नुभयो, ‘यो एक वर्षभित्र तीन दर्जन ऐन कानूनहरू संशोधन भए । यसले आर्थिक क्षेत्रमा उत्साहजनक नतिजाहरू ल्याएको छ । यो कार्यकालमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुगेको छ । हाम्रो अर्थतन्त्र ४ खर्ब रुपैयाँले विस्तार भएको छ । गएकाे वर्षको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र थियो । देशका विभिन्न ठाउँमा भएका विपद्जन्य घटना र विश्वव्यापी प्रतिकूलताका बीच पनि राजस्व सङ्कलनमा ११.३ प्रतिशतले वृद्धि भएको छ । यो सरकारको कार्यकालको पहिलो ११ महिनामा रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले बढेर १५ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । वस्तु निकासीमा अहिलेसम्मकै उच्च ८१.८ प्रतिशतले वृद्धि भएको छ । चालू खाता र शोधनान्तर दुवै बचतमा छन् । वित्तीय क्षेत्रका सूचक सबल रहेका छन् । वित्तीय पहुँच बढेको छ । निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.७ प्रतिशतले बढेको छ ।’प्रधानमन्त्री ओलीले पूँजी बजारमा लगानीकर्ताको आकर्षण बढेको र जनसङ्ख्याको झन्डै ४८ प्रतिशत बीमाको दायरामा आएको बताउनुभयो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend