images

२०८३ आश्विन १८ गते

images
images
images

श्रृजनशील लघुवित्तको खुद नाफामा वृद्धि

श्रृजनशील लघुवित्तको खुद नाफामा वृद्धि

images
images
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार संस्थाको खुद नाफा २२१.१६ प्रतिशतले बढेको छ । अघिल्लो आवमा जम्मा एक करोड ४० लाख रुपैयाँ मात्रै नाफा कमाएको यो संस्थाले गत आवमा चार करोड ५० लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

    images
    images

    संस्थाको खुद ब्याज आम्दानी ५६.५९ प्रतिशतले बढेर १६ करोड ८८ लाख रुपैयाँ पुगेको छ । साथै गत आवमा संस्थाले कमिसनमार्फत दुई करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ । संस्थाको निक्षेप संकलन ११.१७ प्रतिशत बढेर ८४ करोड ६९ लाख रुपैयाँ पुगेको छ भने कर्जा परिचालन २३.०९ प्रतिशत बढेर दुई अर्ब ६९ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

    संस्थाको वितरणयोग्य मुनाफा तीन करोड ५१ लाख ६६ हजार रुपैयाँ रहेको छ भने संस्थाको चुक्तापूँजी १० करोड ९३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ५ करोड ७ लाख रुपैयाँ र रिजर्भमा ११ करोड ६ लाख रुपैयाँ सञ्चित रहेको छ । संस्थाको एनपीएल भने ६.४९ प्रतिशतबाट बढेर ९.७९ प्रतिशत पुगेको छ । साथै सिडि रेसियो ३४५ प्रतिशत, बेस रेट १२.६० प्रतिशत, कस्ट अफ फण्ड ८.१० प्रतिशत रहेको छ ।यता संस्थाको इपीएस भने १२.८४ रुपैयाँबाट बढेर ४१.२५ रुपैयाँ पुगेको छ । त्यस्तै, संस्थाको नेटवर्थ २४७.६० रुपैयाँ, मूल्य आम्दानी अनुपात ५२.६० गुणा र तरलता अनुपात ३२.६४ प्रतिशत रहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend