images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सको खुद बीमाशुल्कमा ...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको खुद बीमाशुल्कमा वृद्धि

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको खुद बीमाशुल्कमा वृद्धि

images
images
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ७२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको यस इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्मा २ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क २२.८६ प्रतिशत बढेको हो।

    images
    images

    समीक्षा अवधिमा इन्स्योरेन्सको नाफा भने १२.५३ प्रतिशत घटेको छ। गत अघिल्लो आर्थिक वर्ष ४६ करोड ९ करोड रुपैयाँ खुद नाफा कमाएको यस इन्स्योरेन्सले गत आर्थिक वर्ष ४० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी २ रुपैयाँ २० पैसा घटेर १५ रुपैयाँ ३७ पैसामा झरेको छ। गत असार मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २३९ रुपैयाँ १२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४ठ.२३ गुणा रहेको छ।

    २ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा २ अर्ब ५५ करोड रुपैयाँ जगेडा कोषमा २२ करोड ९३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३६ करोड ६५ लाख रुपैयाँ र अन्य इक्विटीमा ५० करोड २२ लाख रुपैयाँ रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend