images

२०८३ आश्विन १९ गते

images
images
images

मुक्तिनाथ कृषि कम्पनीको नाफामा उल्लेख्य सुधार

मुक्तिनाथ कृषि कम्पनीको नाफामा उल्लेख्य सुधार

images
images
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा ३६२.४९ प्रतिशतले नाफा बढेको हो । गत आर्थिक वर्षमा कम्पनीले १० करोड ५ लाख २३ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको सञ्चालन आम्दानी ८.४६ प्रतिशतले बढेर ७२ करोड ४१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको सञ्चालन आम्दानी ६६ करोड ७६ लाख रुपैयाँ रहेको थियो ।

    images
    images

    यता, अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १७ करोड ४३ लाख ५६ हजार रुपैयाँ कुल आम्दानी रहेको कम्पनीको गत आर्थिक वर्षको सोहि अवधिमा उक्त आम्दानी ४७.२१ प्रतिशतले बढेर २५ करोड ६६ लाख ७८ हजार रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीको कुल खर्च भने समीक्षा अवधिमा १४.५५ प्रतिशत घटेर १३ करोड १९ लाख रुपैयाँ पुगेको वित्तीय रिपोर्टमा उल्लेख गरेको छ ।यसअवधिमा कम्पनीको चुक्तापूँजी ७० करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी ६ करोड ३२ लाख ११ हजार रुपैयाँ रहेको छ ।

    प्रतिसेयर आम्दानी समेत चमक देखिएको छ । समीक्षा अवधिमा कम्पनीको उक्त आम्दानी ११ रुपैयाँ २६ पैसा बढेर १४ रुपैयाँ ३६ पैसा पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात १०४.१२ गुणा रहेको छ भने प्रिितसेयर नेटवर्थ १०९ रुपैयाँ ३ पैसा रहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend