images

२०८३ आश्विन १९ गते

images
images
images

शिवम् सिमेन्टको खुद नाफा ७९ करोड ४१ लाख रुपैयाँ

शिवम् सिमेन्टको खुद नाफा ७९ करोड ४१ लाख रुपैयाँ

images
images
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • काठमाडौं । शिवम् सिमेन्टको नाफा तीन गुणा बढेको छ ।कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ७९ करोड ४१ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा खुद नाफा २५ करोड ९६ लाख रुपैयाँ थियो । कम्पनीको बिक्री लागत घट्दा नाफामा उल्लेख्य योगदान पुगेको हो ।

    images
    images

    कुल बिक्री आम्दानी सामान्य बढेको छ । बिक्री आम्दानी अघिल्लो आर्थिक वर्ष ७ अर्ब ७० करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ७ अर्ब ७६ करोड रुपैयाँ छ । त्यस्तै बिक्री लागत अघिल्लो आर्थिक वर्ष ६ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ६ अर्ब ३ करोड छ ।

    साथै बैंकको ब्याज घट्दा वित्तीय लागत पनि घटेको छ । पहिले यस्तो लागत ४ करोड ९६ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १ करोड रुपैयाँ छ ।कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ ५५ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ५७ पैसा छ । मंगलबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ६३३ रुपैयाँ ९० पैसा छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend